Siraha Times
ताजा समाचार

मेयर महतो द्वारा ठटीया खानेपानी आयोजनाको औपचारिक उद्घाटन, स्थानीय निकै खुशी

  • साउन ७, २०८२
  • ८५१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान ७ साउन । सिराहाको धनगढीमाई न.पा.-१२ सरे खोलाको दक्षिण क्षेत्रमा निर्माण सम्पन्न भएको ठटीया ओभरहेड खानेपानी आयोजनाको विधिवत कार्यक्रम गरी मेयर शिवशंकर महतोले उद्घघाटन गरेको हाम्रा सहकर्मी बिनोद मण्डलले जनाएका छन। मण्डलका अनुसार खानेपानी आयोजनाको कार्य सम्पन्न भए सँगै स्थानीय बासिन्दा निकै खुशी भएका छन। हाम्रा सहकर्मी मण्डलकै अनुसार उद्घघाटन कार्यक्रम एक विशेष औपचारिक समारोहबीच सम्पन्न गरिएको थियो, जसमा मेयर महतो स्वयं आयोजनाको ट्याङ्की स्थलमा पुगेर मीटर बक्स रहेको कोठाको रिवन काट्दै प्रवेश गरे, र त्यहाँ रहेको धारोको रिवन काटेर पानी पिई आयोजनाको उद्घघाटन गरेका छन् ।

कार्यक्रमको सुरुवातमा उपस्थित सबैले राष्ट्रिय गान गाएर उद्घाटन समारोहलाई औपचारिकता प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय युवाहरू, प्रहरी प्रशासनका सदस्य, उपभोक्ता समितिका पदाधिकारीहरू, पत्रकारहरू लगायतको उपस्थिति रहेको थियो । वडा अध्यक्ष जयप्रकाश शर्माको संयोजनमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि मेयर महतो र विशिष्ट अतिथि उपमेयर संगिता कुमारी चौधरीले जग्गा दाताहरूलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

त्यस्तै, कार्यक्रममा सहभागी सबै प्रमुख पाहुनालाई गम्छा ओढाएर स्वागत गरिएको थियो । खानेपानी डिभिजनका प्रमुखको पनि सहभागिता रहेको कार्यक्रममा वडा अध्यक्ष शर्माले आयोजनाका सबै पक्षसँग समन्वय गरी काम सम्पन्न गराएको भन्दै सहभागीहरूबाट विशेष धन्यवाद प्राप्त गरेका छन् । खानेपानी परियोजना सञ्चालनमा आएसँगै स्थानीय बासिन्दाहरू उत्साहित देखिएका छन् र विभिन्न स्थानमा धारो जडानको काम तीव्र गतिमा अघि बढिरहेको छ । आयोजनाले दीर्घकालीन रूपमा स्वच्छ पानी आपूर्ति सुनिश्चित गर्दै स्थानीय जनताको जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्झनामा सप्तरीको खडक ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

बोदे बर्साईनमा जेन–ज ...

उमेश कुमार साह सप्तरी भदौ २४ । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१