नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको अनुगमन तथा परामर्श भ्रमण सम्पन्न

  • साउन ६, २०८२
  • १०२१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान ६ साउन ।  नेपाल राष्ट्रिय दलित जनकल्याण संघ (Nepal National Dalit Welfare Organization - NNDWO) को एक दिने संयुक्त अनुगमन तथा परामर्श भ्रमण" (Joint Monitoring and Consultation Visit) कार्यक्रम संस्थाको अध्यक्ष मोहन पासवानको अध्यक्षतामा जिसस सिरहा प्रमुख दिनेश महतोको प्रमुख आतिथ्यमा विभिन्न संघसंस्था लगायत सन्चारकर्मीहरुको सहभागीतामा सम्पन्न भएको छ।

संयुक्त अनुगमन तथा परामर्श भ्रमण एक महत्वपूर्ण अभ्यास हो, जसको उद्देश्य विभिन्न सरोकारवाला निकायहरूसँग समन्वय गर्दै दलित समुदायको अवस्था, सेवा पहुँच, विकास परियोजनाहरूको कार्यान्वयन अवस्था, र मानवअधिकार प्रवर्धनको प्रगति अनुगमन गर्नु हो। यो अनुगमन सिरहाको लहान न.पा.को १ न.वाडाको आ. बि. सिग्राही मटियर्वा, १० न. को ज.मा.बि. बैरियाही गुद्दीगाउँ र २४ न. वाडाको दलित भानुभक्त आ.बि.को डाँडाटोल गरि जम्मा ४२ जना दलित छात्रा र अभिभावकहरुमा गरिएको थियो।

दलित समुदायमाथि भइरहेको विभेद, बहिष्कार, र अन्य सामाजिक अन्यायको अनुगमन गर्नु। स्थानीय, प्रदेश तथा संघीय सरकारका कार्यक्रमहरूले दलित समुदायलाई कसरी सम्बोधन गरिरहेका छन् भन्ने मूल्यांकन गर्नु। समुदायको आवश्यकता बुझी कार्यक्रम सुधारका लागि सिफारिस तयार गर्नु।सम्बन्धित निकायहरू (सरकारी, गैरसरकारी, नागरिक समाज, मानवअधिकार आयोग आदि) सँग समन्वय र संवाद गर्नु मुख्य उद्देश्यका गरिएको संयुक्त अनुगमन तथा परामर्श भ्रमण फलदायी रहेको र संस्थाको कामकाज पार्दर्शी रहेको तथा यस संस्था बाट प्रवाह भैरहेको छात्रवृत्ति कार्यक्रम मार्फत दलित समुदायमा उत्साह थपिएको र गरीब दलितका बालिकाहरुको पहुँच बिधालय तर्फ निकै आकर्षित रहेको अनुगमनको क्रममा देखिएको छ।

संयुक्त अनुगमन टोलीमा नेपाल राष्ट्रिय दलित जनकल्याण संघका प्रतिनिधिहरू स्थानीय सरोकारवाला निकायहरू (गाउँ/नगरपालिका प्रतिनिधि, प्रदेश सरकारका प्रतिनिधि) मानव अधिकारकर्मी, पत्रकार, अनुसन्धानकर्ता अन्य साझेदार संस्था (NGOs, INGOs) का प्रतिनिधिहरू सहभागी रहेका थिए।

संयुक्त अनुगमन तथा परामर्श भ्रमणको प्रमुख विशेषता भनेको "स्थलमै गएर मूल्यांकन गर्ने, प्रत्यक्ष संवाद गर्ने, र सबै सरोकारवालाको सहभागितासहित निष्कर्ष निकाल्ने" हो, जुन नीति निर्माण र दिगो विकासमा महत्त्वपूर्ण आधार बन्न सक्छ। त्यसै अनुसार यो संयुक्त अनुगमन भएको हो।

May be an image of 14 people and people studying

सन २०१३ देखि सेभ द चिल्ड्रेनको सहयोगमा संचालन गरेको छात्रवृत्ति कार्यक्रम हाल सम्म १२० जना दलित छात्राहरूलाई प्रदान गरिरहेको छ। जसमा कक्षा १ देखि मास्टर डिग्री सम्मका छात्राहरुलाई बितरन गरिरहेको छ यो कार्यक्रम ५ जिल्लाहरु सिरहा,सर्लाही , महोत्तरी , कालीकोट र जाँजरकोटमा संचालनमा रहेको छ। हाल सम्म ५ वटै जिल्लामा प्रा.बि., नि.मा.बि. तर्फ १०१ जना, ११ र १२ मा १२ जना, ब्याचलरमा ४ जना, प्राबिधिक तर्फ २ जना र मास्टर डिग्री तर्फ १ जना रहेको संस्था अध्यक्ष मोहन पासवानले जनाएका छन।

प्रतिक्रिया दिनुहोस

वीरगन्जमा एमालेको शक ...

रंजित चौरसिया,वीरगंज २३ माघ । नेकपा एमाले वीरगन्ज महानगर कमिटीको आयोजनामा केन्द्रिय उपमहासचिव तथा यु ...

सिरहा नपा–१७ मा जेष् ...

नरेशचन्द्र बरबरिया सिरहा माघ २३  । सिरहा नगरपालिका–१७ मा जेष्ठ नागरिक, एकल महिला, अपाङ्गत ...

नेशनल मेडिकल कलेज र ...

रंजित चौरसिया,वीरगंज २३ माघ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल र मानवसेवा आश्रम, वीरगञ्जबीच स्वास ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१