Siraha Times
ताजा समाचार

लक्ष्मीपुर पतारीमा एमालेद्वारा तालाबन्दी, भ्रष्टाचार र अनियमितताको विरोधमा संघर्ष समिति गठन

  • साउन ४, २०८२
  • ९४७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, ४ साउन । नेकपा एमाले लक्ष्मीपुर पतारी गाउँपालिका कमिटीका नेता तथा कार्यकर्ताहरूले गाउँपालिकामा व्याप्त विभिन्न अनियमितता, बजेट दुरुपयोग र सर्वसाधारणलाई परेको समस्याका कारण गाउँपालिका कार्यालयमा आइतबार तालाबन्दी गरेका छन्। प्रमुख प्रशासकीय अधिकृतको कार्यालयमा गरिएको तालाबन्दीमार्फत एमाले कार्यकर्ताहरूले गाउँपालिका अध्यक्ष चतुरानन्द ठाकुरको नेतृत्वमा मनोमानी ढंगले स्थानीय सरकार संचालन गरिएको आरोप लगाएका छन्।

एमालेका नेता देवनारायण साहका अनुसार अध्यक्ष ठाकुरको नेतृत्वमा गाउँपालिकाले विपक्षी दलका जनप्रतिनिधिहरूलाई बेवास्ता गर्दै विकास योजना सञ्चालन गरिरहेको छ। "कृषि, खानेपानी, ट्रान्सफर्मर जडानजस्ता जनजीविकासँग सम्बन्धित विषयहरूमा पनि जनप्रतिनिधिहरूको सुझाव नलिइकन मनपरी ढंगले बजेट विनियोजन गरिएको छ", उनले भने। तीन साउनमा पालिका अध्यक्ष ब्रह्मदेव यादवको अध्यक्षतामा बसेको बैठकमा प्रदेश कमिटी सदस्य तथा मधेस प्रदेश, सिरहा १(क) बाट निर्वाचित सांसद तथा पालिका इन्चार्ज राजेन्द्र प्रसाद चौधरी प्रमुख अतिथि थिए। बैठकमा प्रदेश सदस्य मोहित राईन, सरियार चौधरी, पूर्व अध्यक्ष रामबल्भ साह, जिल्ला कमिटी सदस्य देवनारायण साह लगायत नेताहरूको उपस्थिति रहेको थियो।

बैठकमा बोल्ने अधिकांश नेताहरूले पालिकाभित्र पछिल्लो समय विकास निर्माणदेखि प्रशासनिक खर्चसम्ममा व्यापक भ्रष्टाचार देखिएको दाबी गरे। अनियमितताको उदाहरणस्वरूप अस्थायी इञ्जिनियरमार्फत सडक छाप सामान खरिद, सभा–सेमिनार, तालिम, भ्रमण, इन्धन खरिदलगायतका शीर्षकमा व्यापक अनियमिता भएको दाबी गरिएको छ। यसैबीच, एमाले नेता जगतप्रसादको अध्यक्षतामा ३१ सदस्यीय संघर्ष समिति गठन गरिएको छ, जसले भ्रष्टाचार र बेथिति विरुद्ध सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ। "साउन ५ गते बिहान ११ बजे गाउँपालिकाको कार्यालयमा पुनः धर्ना तथा ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरिएको छ", नेता साहले जानकारी दिए।

उक्त आन्दोलनमा पालिका कमिटी उपाध्यक्ष रामसेवक साह, सचिव प्रमोद कुमार सिंह, उपसचिव विष्णुदेव यादव, जिल्ला कमिटी सदस्य नवीन गुप्ता, अशोक मण्डल, तारिणी प्रसाद यादव लगायत वडा कमिटी अध्यक्षहरू, वडाध्यक्ष प्रत्यासीहरू, युवा संगठनहरू र विभिन्न जनवर्गीय संगठनका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। स्थानीय सरकारको ढिलासुस्ती, सुशासन अभाव र विपक्षीको सहभागिता विना गरिने निर्णय प्रक्रियाले लक्ष्मीपुर पतारीका बासिन्दा मर्कामा परेको भन्दै एमालेले आन्दोलन चर्काउने चेतावनीसमेत दिएको छ।

प्रतिक्रिया दिनुहोस

डीएपी मलको चरम अभावः ...

रहमुल राइन लहान, ३१ असार । देशभर धान रोपाइँ अन्तिम चरणमा पुगिसक्दा किसानका लागि अत्यावश्यक डीएपी मलक ...

रितेश शर्मामाथिको कु ...

कपिलवस्तु, असार २९। प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले आफ्नो फेसबुकमार्फत प्रेस विज्ञप्ति सार्व ...

मोतिपुरमा ‘घर–घरको श ...

सिराहा, लहान। ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत लहान नगरपालिका–२०, मोत ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१