ताजा समाचार

लहान उपमेयर कप २०८१: लहान -३ को ऐतिहासिक जित

  • फागुन २५, २०८१
  • ११०८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान,फागुन २५ । लहानमा आयोजित डे एण्ड नाइट क्रिकेट टुर्नामेन्ट २०८१, लहान उपमेयर कप को फाइनल खेलमा लहान -३ विजयी भएको छ। यस ऐतिहासिक जितका लागि सम्पूर्ण खेलाडी, प्रशिक्षक, व्यवस्थापक, तथा समर्थकहरूलाई हार्दिक बधाई । प्रतियोगिताको मुख्य उद्देश्य युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्दै कुलतको लतबाट जोगाउनु थियो। खेलकुद सिर्जनात्मक गतिविधि मात्र नभई अनुशासन, मेहनत, आत्मविश्वास, र नेतृत्व विकासको माध्यम पनि हो। प्रतियोगिताको सफलताले युवाहरूमा सकारात्मक ऊर्जा भर्ने विश्वास गरिएको छ।

खेलकुदलाई मनोरञ्जन मात्र नभई युवा पुस्तालाई सही दिशामा डोर्‍याउने उत्कृष्ट साधनका रूपमा लिन आवश्यक छ। यसरी प्रतियोगिताहरूलाई अझ व्यापक रूपमा विस्तार गर्न सकिएमा युवाहरूलाई सिर्जनात्मक कार्यमा संलग्न गराउन सकिन्छ। सरकार, स्थानीय निकाय, तथा समाजका अगुवाहरूले यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिन पहल गर्नुपर्छ। तर, दुखद कुरा के छ भने, आफूलाई 'युवा मेयर' भन्ने व्यक्तिहरूले युवाहरूको प्रोत्साहनमा असहयोगी भूमिका निर्वाह गरेका छन्। भाषण र प्रतिबद्धता केवल शब्दमा सीमित हुनुहुँदैन, तिनलाई व्यवहारमा लागू गर्न जरुरी छ। युवाहरूले यस्ता गतिविधिहरूमा ध्यान दिनुपर्छ र नेतृत्वको जिम्मेवारीबारे गम्भीरतापूर्वक विचार गर्नुपर्छ उप मेयर राम चलितर महतोले आफ्ना मन्तव्यमा भने ।

युवा पुस्तालाई कुलत, लागुऔषध, तथा अन्य विकृतिबाट जोगाउन समाजले ठोस कदम चाल्न आवश्यक छ। खेलकुद प्रतियोगिता, सीपमूलक तालिम, उद्यमशीलता प्रवर्द्धन, तथा सिर्जनात्मक गतिविधिहरूलाई निरन्तरता दिनुपर्छ। यसबाट युवाहरूलाई सही मार्गदर्शन दिन सकिन्छ र समृद्ध समाजको निर्माणमा टेवा पुग्छ। यस प्रतियोगिताको सफल आयोजनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान दिने सम्पूर्ण खेलाडी, आयोजक समिति, प्रायोजक, दर्शक, सुरक्षाकर्मी, तथा अन्य सहयोगी हातहरूलाई हार्दिक आभार व्यक्त गरिन्छ। आशा गरौं, भविष्यमा पनि यस्ता प्रतियोगिताहरू निरन्तर भइरहून् र युवाहरूलाई सकारात्मक बाटोमा अघि बढ्न प्रेरित गरून्।

प्रतिक्रिया दिनुहोस

थारू कल्याणकारिणी सभ ...

आशिक हुसैन शेख दोहा, कतार । थारु कल्याणकारिणी सभा (थाकसा) कतार च्याप्टरअन्तर्गत महिला विभागद्वारा आय ...

१८ किलोमिटरको लहान–ठ ...

रहमुल, लहान १९ असोज । सिरहाको लहानदेखि ठाडीसम्मको करिब १८ किलोमिटर सडकखण्ड आधा शताब्दीभन्दा लामो समय ...

लहानमा १५ दिने थारु ...

बिरेन्द्र नेपाल लहान असोज १९ । थारु समुदायको मौलिक कला, संस्कृति, परम्परा, खानपान तथा पहिचानको संरक् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤