Siraha Times
ताजा समाचार

लक्ष्मीपुर सुरुङ्गामा विद्युत् महसुल संकलन काउन्टर सञ्चालनमा, १० हजार ग्राहक लाभान्वित हुने

  • माघ ८, २०८१
  • ८०९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रासिन्द्र यादव सप्तरी माघ ८ । सप्तरीको बोदेबरसाईन वितरण केन्द्रले लक्ष्मीपुर सुरुङ्गामा नयाँ फ्युज सेवा तथा महसुल संकलन काउन्टर सञ्चालनमा ल्याएको छ । मधेश प्रदेशको विद्युत् सेवामा सुधार ल्याउने उद्देश्यसहित लक्ष्मीपुर सुरुङ्गामा नयाँ फ्युज सेवा काउन्टर सञ्चालनमा ल्याइएको हो । 

मधेश प्रादेशिक कार्यालयका प्रमुख शम्भु कुसियैत यादवको प्रमुख आतिथ्यतामा काउन्टर उद्घाटन समारोह सम्पन्न भयो । कार्यक्रममा बोदेबरसाईन वितरण केन्द्रका प्रमुख ईन्जिनियर संयोग विश्वकर्माले सेवाको गुणस्तर र पहुँच विस्तार गर्न काउन्टर सञ्चालनमा ल्याइएको जानकारी दिए ।

उक्त कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका प्रादेशिक प्रशासन प्रमुख काली चरण प्रसाद यादव,सुरुंगा नगरपालिका नगर प्रमुख सहित पालिकाका सम्पूर्ण वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।काउन्टर सञ्चालनका लागि वडा न. ३ का वडाअध्यक्ष किरण पोखरेलको विशेष पहलमा सुरुङ्गा नगरपालिकाले निशुल्क भवन उपलब्ध गराएको छ । नगरपालिकाको वडा नं. १, २, ३, ४, ५, र ७ का १० हजारभन्दा बढी ग्राहकहरू यस काउन्टरमार्फत सेवा पाउनेछन्।

यो काउन्टरबाट ग्राहकहरूले निम्न सेवाहरू पाउन सक्नेछन्: विद्युत महसुल बुझाउने सुविधा फ्युज परिवर्तनको सेवा अन्य आवश्यक सूचना तथा समस्याहरूको समाधान कार्यक्रममा सुरुङ्गा नगरपालिकाका जनप्रतिनिधि, स्थानीयवासी र नेपाल विद्युत् प्राधिकरणका कर्मचारीहरूको उल्लेखनीय उपस्थिति थियो।काउन्टर सञ्चालनपछि ग्राहकहरूले सहज र छिटो सेवा प्राप्त गर्न सक्ने विश्वास व्यक्त गरिएको छ। यस कदमले सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । 

स्थानीय बासिन्दाहरूले नयाँ काउन्टर सञ्चालनबाट विद्युत् सेवा सहज भएको अनुभव गरेका छन्। अब महसुल बुझाउन टाढा जानुपर्ने झन्झट हटेको र समस्या समाधानका लागि छिटो सम्पर्क गर्न सहज भएको बताइएको छ। यो पहलले विद्युत् सेवा सुधारमा महत्वपूर्ण योगदान पुर्याउने र ग्राहकहरूको सन्तुष्टि बढाउने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१