एपोलो ऊँ स्कुलले जित्यो लहान आईसीएल टी-२० को उपाधी

  • पुस २१, २०८१
  • ७२१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान पुस २१। ईन्टर स्कुल टी-२० क्रिकेट लिग सिजन-१ काे उपाधी एपोलो ऊँ बोर्डिङ स्कुलले हासिल गरेका छन् । उनले ललकु माविलाई ५ रनले हराउँदै च्याम्पियन बनेका हुन् । टस जितेर ब्याटिङ रोजेका एपोलोका विद्यार्थी खेलाडीहरुले १७ ओभरमा अलआउट हुँदै ११४ रन जोडेका थिए । त्यसकाे जवाफमा ललकुका विद्यार्थी खेलाडीहरु १९ ओभर २ बल खेलेर अलआउट हुँदै १०९ मात्रै जोड्न सकेका थिए ।

विजेता टिमलाई जिल्ला उद्योग वाणिाज्य संघका अध्यक्ष विकास शारदाले प्रथम पुरस्कार स्वरुप ३१ हजार र उपविजेतालाई यातायात कार्यालय लहानले २१ हजार नगद प्रदान गरेका छन् । नगदसहित ट्रफी र मेडलहरु दिएका छन् । लहान क्रिकेट क्लबद्वारा आयोजित ईन्टरस्कुल क्रिकेट लिग गत मंसिर २९ गतेदेखि सुरु भएका थिए । यस लिगमा सामुदायिक र नीजि गरि २४ वटा विद्यालयका टिम सहभागी भएका थिए ।

यो खेलबाट प्रतिभावान युवाहरु पहिचान हुने क्बलका अध्यक्ष राकेश अधिकारीले बताए । ´अहिले देशभरि क्रिकेटकाे क्रेज बढ्दो छ । यहाँ राम्रो प्रदर्शन देखाएका खेलाडीहरुले आउने टप लेभलका खेलहरुमा अवसर पाउने विश्वास लिएका छौँ,`उनले भने´जिल्ला स्तरीय खेलहरु आयोजना गर्ने योजनामा छौँ ।` युवाहरुलाई खेलतिर आकर्षित गर्न लिगले सहयोग पुगेको उनले सुनाए ।

प्रतिक्रिया दिनुहोस

सिराहा सेवा समाज कता ...

ओम प्रकाश यादव लहान मंसिर १८ । सिराहा सेवा समाज कतारले आफ्नो १९औँ वार्षिकोत्सवको उपलक्ष्यमा बृहत् रक ...

प्रहरी हवलदार शान्ता ...

कपिलवस्तु, मंसिर १६ । जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रागनी कुमार ...

लहानमा लागुऔषध (हिरो ...

ओम प्रकाश यादव लहान मंसिर १६ । सिरहाको जिल्लाको लहानबाट गए राति करिब ८:४० बजे प्रहरी चौकी लहानबाट खट ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१