एपोलो ऊँ स्कुलले जित्यो लहान आईसीएल टी-२० को उपाधी

  • पुस २१, २०८१
  • ७७८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान पुस २१। ईन्टर स्कुल टी-२० क्रिकेट लिग सिजन-१ काे उपाधी एपोलो ऊँ बोर्डिङ स्कुलले हासिल गरेका छन् । उनले ललकु माविलाई ५ रनले हराउँदै च्याम्पियन बनेका हुन् । टस जितेर ब्याटिङ रोजेका एपोलोका विद्यार्थी खेलाडीहरुले १७ ओभरमा अलआउट हुँदै ११४ रन जोडेका थिए । त्यसकाे जवाफमा ललकुका विद्यार्थी खेलाडीहरु १९ ओभर २ बल खेलेर अलआउट हुँदै १०९ मात्रै जोड्न सकेका थिए ।

विजेता टिमलाई जिल्ला उद्योग वाणिाज्य संघका अध्यक्ष विकास शारदाले प्रथम पुरस्कार स्वरुप ३१ हजार र उपविजेतालाई यातायात कार्यालय लहानले २१ हजार नगद प्रदान गरेका छन् । नगदसहित ट्रफी र मेडलहरु दिएका छन् । लहान क्रिकेट क्लबद्वारा आयोजित ईन्टरस्कुल क्रिकेट लिग गत मंसिर २९ गतेदेखि सुरु भएका थिए । यस लिगमा सामुदायिक र नीजि गरि २४ वटा विद्यालयका टिम सहभागी भएका थिए ।

यो खेलबाट प्रतिभावान युवाहरु पहिचान हुने क्बलका अध्यक्ष राकेश अधिकारीले बताए । ´अहिले देशभरि क्रिकेटकाे क्रेज बढ्दो छ । यहाँ राम्रो प्रदर्शन देखाएका खेलाडीहरुले आउने टप लेभलका खेलहरुमा अवसर पाउने विश्वास लिएका छौँ,`उनले भने´जिल्ला स्तरीय खेलहरु आयोजना गर्ने योजनामा छौँ ।` युवाहरुलाई खेलतिर आकर्षित गर्न लिगले सहयोग पुगेको उनले सुनाए ।

प्रतिक्रिया दिनुहोस

मधेसको भूमिमा राजनीत ...

रंजित चौरसिया,वीरगंज २४ माघ। सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ का उम्मेदवार अमरेश कुमार सिंहले ...

अलौंमा एमालेको शक्ति ...

वीरगंज २४ माघ। पर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौंमा नेकप ...

रास्वपा उम्मेदवार का ...

रंजित चौरसिया,वीरगंज २४ माघ। पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत वीरगन्ज महानगरपालिका वडा नंबर २५ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१