रामएकवाल राम
दोहा :-नेपाल प्रिमिएर लिग ( एनपिएल) को पहिलो संस्करणको उपाधी जनकपुर बोल्टसले जितको खुशिमा कतारमा पनि समर्थकहरुले केक काटेर खुश्याली मनाएका छन।
कतारमा स्थापित मधेश प्रदेशका विभिन्न संघ संस्था तथा जनकपुर बोल्टसका समर्थकहरुले एसियन टाउन स्थित वेलफेएर रेस्टुरेन्टको सभाहल शनिबार बेलुकी केक काटेर खुशियाली मनाएका छन।

शनिबार सम्पन्न त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुर पहिलो च्याम्पियन बनेको हो।
जनकपुरले १८५ रनको लक्ष्य ५ विकेटको क्षतिमा १९ ओभर २ बलमा भेट्टायो। जितसँगै जनकपुरले एनपिएल ट्रफी र नगद एक करोड १० लाख पुरस्कार राशी पनि हात पारेको छ।

प्रतिक्रिया दिनुहोस
लहान १५ मा ४० लाखको लागतमा निर्मित वडा कार्यालय भवन उद्घाटन, १० महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved