Siraha Times
ताजा समाचार

पत्रकार महासंघ सिरहाले लहान सिटि जेसिजलाई १ गोल अन्तरले हराउँदै सानदार जित

  • मंसिर १९, २०८१
  • १२३० पटक पढिएको
  • रहमुल
alt

लहान, मंसिर १९ । लहान सिटि जेसिज द्वारा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आयोजित मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पत्रकार महासंघ सिरहाले लहान सिटि जेसिजलाई १ गोलको अन्तरले पराजित गर्दै सानदार जित हासिल गर्‍यो।

उक्त खेल लहान सिटि जेसिज र पत्रकार महासंघ सिरहाको बीचमा खेलाइएको थियो, जसको उद्घाटन कार्यक्रममा सिटि जेसिजका पूर्व अध्यक्ष राकेश झा, शंकर प्रसाद गुप्ता, मुरारी प्रसाद साह र वर्तमान अध्यक्ष उमेश कुमार यादव लगायतका पदाधिकारीहरूको उपस्थिति थियो। पत्रकार महासंघ सिरहाका अध्यक्ष मनोज बनैता यादव, कोषाध्यक्ष बिरेन्द्र नेपाल, पत्रकार अर्जुन प्रसाद गुप्ता पत्रकार राजेन्द्र महतो, बिरेन्द्र यादव, लाल बिहारि यादव, राेयण्टर मण्डल, शम्भु  यादव , महेश सिंह, जिवछ उदासी, यम महतो, सितल साह, आशीष साह, जगरनाथ यादव धर्मेन्द्र पासवान र अनुभक्त चौधरी, अनिल चाैधरी , शुफल रमन बिजय यादव,ओम प्रकाश यादव लगायतका जिल्ला भरिका अधिकांस पत्रकारहरूको समेत उपस्थिति भएका थिए।

कार्यक्रमको उद्देश्य भनेको खेल मार्फत युवा दुर्व्यसन र लागू औषधका समस्याहरूको समाधानतर्फ सचेतना फैलाउने रहेको थियो। महासंघका अध्यक्ष मनोज बनैताले भने, “यो खेल कुनै हारजीतको खेल होइन, तर हामी यसमार्फत समाजमा सकारात्मक सन्देश दिन चाहन्छौं। दुर्व्यसनमा फसेका युवाहरुलाई खेलको माध्यमबाट सही दिशा दिइरहेका छौं।”

खेल २०/२० मिनेटका दुई भागमा विभाजित गरिएको थियो। खेलको पहिलो हाफमा पत्रकार महासंघ सिरहाले २ गोलको अग्रता हासिल गर्‍यो। सिटि जेसिजले पहिलो हाफको समयमा १ गोल गरेको थियो। दोस्रो हाफमा, सिटि जेसिजले १ गोल थपे पनि, पत्रकार महासंघ सिरहाले १ गोल थपेर ३-२ को नतिजासहित महासंघ विजयी भएको हो।

महासंघका तर्फबाट लाल बिहारि यादव, अनुभक्त चौधरी र यम महतोले १/१ गोल गरे, जसले टोलीलाई ३ गोलमा पुर्याएर जित दिलाएको थियो। सिटि जेसिजका तर्फबाट नित्यनन्द चौधरी र बम चौधरीले १/१ गोल गरे, तर टोली २ गोलमै सीमित रह्यो र जेसिजले हार बेहोरेको थियो।

यो खेल खेलाडीहरूको उत्साहजनक प्रदर्शन र उच्च खेल भावना देखाउने एउटा राम्रो उदाहरण बनेको छ, जसले समग्र खेलकुद र समाजमा सकारात्मक सन्देश पुर्याएको छ।

प्रतिक्रिया दिनुहोस

गाई तस्करी रोक्न खोज ...

लहान भदौ ९ । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित बलान खोला हुँदै भारततर्फ गाई ओसारपसार भइरहेको ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१