जिविकोपाजर्न गराउन के गरे ?

  • असोज २२, २०८१
  • ७०५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र प्रसाद नेपाल लहान, २२ असोज । सखुवानन्कारकट्टी गाउँपालिका अध्यक्ष केदारनाथ यादवः राष्ट्रिय कृषक समूह महासंघ नेपाल केएर नेपालले विगत ५ बर्ष देखी पालिकालाई विभिन्न कार्यक्रम,परियोजना मार्फत सहयोग गर्दे आईरहेको छ । यो बर्ष १४ हजार ५ सयका २४३ घरधुरीलार्ई कृषि समाग्रीहरु माग र अवश्यकताका अधारमा हाम्रो किसानहरुलाई सहयोग गरेका छन । यति सहयोग राष्ट्रिय कृषक समूह महासंघ नेपाल बाहेक अरु कुनै पनि संघसस्थाले गरेको अवस्था छैन । महासंघले गर्ने कार्य शैली नै फरक छन । हरेका कार्यमा समन्वय र सहकार्य गरी कार्य गरिरहेका छन । यसले महासंघ र पालिका विचमा समन्वय र सहकार्यको सम्बन्ध बलियो बन्दै गएको छ । यहाँका स्थानीय स्रोत साधन उचित रुपमा प्रयाोग भएका छन । आज महिलाहरुमा घुघाँटा प्रथा पनि कम भएको देखिन्छ । पहिले भन्दा धेरै नै व्यवहार परिवर्तन भएको देखिरहेको छु ।

भुमिहिन,दलित,साना महिला किसानहरुको जिविकोपाजर्नका लागि थौरे जमिनमा तरकारी बाली,फलफुल लगाई कुपोषित बालबच्चलाई सुरक्षित हुन र विभिन्न खालाका रोगबाट बच्नको लागि सेसनहरुको सिकाईबाट सचेत र व्यवहार परिवर्तन गर्ने नियमित प्रयास भएका नगर महासंघका अध्यक्ष बेचन प्रसाद यादवले व्यक्त गर्नु भएको छ । जिल्ला महासंघ समन्वय समिति सदस्य लक्षेन्द्र प्रसाद यादवः महासंघले पोषण व्यवहारका परिवर्तनका लागि गत बर्ष हाँस तथा खोरहरु हस्तान्त्रण गरेको थिए । एक जना दलित बालबच्चालाई कुपोषितबाट बचन हाँसको अण्डाले बालबलिकाहरुको स्वास्थ्य स्थितीमा सुधार ल्याएका महत्वपुर्ण भुमिका निर्वाह गरेको छन । साथै कृषक पाठशालाको माध्यमबाट बाली छनौट,माटो सुधार,बाजरीकरण,खनजोत विना खनजोत प्रविधिबाट कृषि कार्यमा परिवर्तन आईरहेका छन । 

वरिष्ठ किसान स्वयँसेवक मनिासा सदायः मेरो बच्चा कुपोषणमा परेको थियो । मैले हाँसका अण्डाहरु किनेर खान पाउन सकेको थिएन । घरमा खाने कुराहरुको अभाव थियो । महासंघबाट पाएका ७ वटा हाँसको बच्चा र खोरबाट हाँस बच्चालाई पालन पोषण गरेपछि हाँसबाट पाएका अण्डा,मासुले मेरो र मेरो बच्चाको स्वास्थ्य अवस्था सुधार धेरै नै आएका मलाई महशुस भएको छ । महिनै पिछे बच्चालाई ज्वरो आउँदैन । नियमति रुपमा बच्चाको स्वास्थ्यमा सुधार आउँदै छ । लागतार ३ बर्ष सम्म हाँसको अण्डा खाए । कोरोना समयमा पनि मासु खान पाएँ । ५ हजार सम्मको अण्डा बजारमा बेचेर बचत गरे । अहिले खोरमा हाँस तथा कुखराका चल्ला मैले पालेको छु । कम जमिन , जमिन नभएको हुनाले व्यवसायिक रुपमा फार्म खोल्न सकेको छैन । तर पनि आफुलाई पुग्ने हाँसपालन नियमति रुपमा गर्दै आएको छु । अरुलाई पनि कार्य गर्न उत्प्ररेण भित्रै देखी जागिहरुको छ ।

प्रतिक्रिया दिनुहोस

अल्ट्रा अभियानले मकव ...

रंजित चौरसिया,वीरगंज १ कार्तिक । पर्सा जिल्लाका स्थानिय प्रहरी प्रशासनको मिलोमतोमा बिगत लामो समय देख ...

६९ औं प्रहरी दिवस यस ...

बिरेन्द्र प्रसाद नेपाल लहान असोज ३० गते । जिल्ला प्रहरी सिरहाले बुधबार आज श्रद्धाञ्जली समारोह , अमर ...

बोदे बर्साईनमा छैठौं ...

रहमुल लहान २९ असोज। सप्तरीको बोदेबर्साइन नगरपालिकामा हिजो छैठो मेयर गोल्डकप फुटवल प्रतियोगिता संघिय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१