भारतमा सरकार बनाउन नीतिश र नायडु निर्णायक

  • जेठ २३, २०८१
  • १११० पटक पढिएको
  • सिरहा टाइम्स
alt

काठमाडौं । सात चरणमा सम्पन्न १८ औं लोक सभा निर्वाचनबाट भारतमा सबैभन्दा ठूलो दल भारतीय जनता पार्टी (भाजपा) बनेको छ । तर उसले मत सर्वेक्षणको नतिजा जस्तो एकल बहुमत हासिल गर्न भने सकेन ।भारतीय निर्वाचन आयोगका अनुसार भाजपा एक्लैले जम्मा २४० सिट जितेको छ । कांग्रेस एक्लैले ९९, समाजवादी पार्टी (सपा)ले ३७ र त्रिणमुल कांग्रेस (टीएमसी)ले २९ सिट जितेका छन् । ठूलो दलको हैसियतमा भाजपाले सरकार बनाउने तयारी गरेको छ ।

भाजपालाई पूर्ण बहुमत हासिल गर्नबाट रोकेर सरकार गठनमा निर्णायक बनेका दुई नेताहरु हुन् बिहारका मुख्यमन्त्री एवम् जनता दल युनाइटेड (जदयु)का प्रमुख नीतिश कुमार र तेलगु देशम पार्टी (टीडीपी)का अध्यक्ष चन्द्रबाबु नायडु । भाजपाका नेताहरुले यी दुई नेताहरुसँग सत्ता साझेदारीका लागि सम्वाद सुरु गरिसकेका छन् । भारतीय मिडियाहरुका अनुसार उनीहरुसँग ५ जुन (बिहीबार) बैठक बस्ने तय भइसकेको छ । टीडीपीसँग १६ र जदयुसँग १२ गरी कुल २८ सिट छ । यो संख्यालाई गठबन्धन सरकार गठनमा निर्णायक मानिएको छ । यदि उनीहरु भाजपा नेतृत्वको एनडीए गठबन्धनमा सामेल नभए सरकार गठनका लागि बहुमत पुग्दैन । किनकी एनडिए गठबन्धनसँग जम्मा २६४ सिट हुन्छ । सरकार बनाउन बहुमतका लागि २७२ सिट चाहिन्छ ।

सन् २०१९ मा पहिलोपटक चन्द्रबाबु नायडुले एनडीए गठबन्धन विरुद्ध सबै विपक्षी पार्टीलाई एकजुट बनाउने कोसिस गरेका थिए । यसैगरी सन् २०२३ मा नितिश कुमारले कांग्रेस सहित सबै विपक्षी दलको बैठक बोलाएर विपक्षी इण्डिया गठबन्धन बनाउन भूमिका खेलेका थिए । बिहारमा दशकौंसम्म एनडीए गठबन्धनमा रहेर सरकारको नेतृत्व गरेका नितिश कुमारले चुनाव सुरु हुनुभन्दा केही महिना अगाडि मात्रै भाजपासँगको गठबन्धन तोडेका थिए । मुख्यमन्त्री बन्न पटक–पटक गठबन्धन तोड्ने र बनाउने गरेको भन्दै धेरैले उनको मजाक उडाएका थिए ।यसपटकको लोक सभा चुनावमा नितिश कुमारको पार्टी जनता दल युनाइटेड (जदयु)ले बिहारमा १२ सिट जितेको छ । भाजपाले पनि समान १२ सिट नै जितेको छ ।

जनता दल युनाइटेडले १४ र भाजपाले १७ उम्मेदवार चुनावी मैदानमा उतारेका थिए । चुनावी नतिजामा भाजपाको तुलनामा जनता दल युनाइटेडको प्रदर्शन राम्रो देखिएको छ । यद्यपि सन् २०१९ सँग तुलना गर्ने हो भने भाजपालाई पाँच र जनता दल युनाइटेडले चार सिट गुमाएका छन् । त्यसैले भाजपा बिहारमा नितिश कुमारलाई समर्थन नगरी नहुने स्थितिमा देखिएको छ । तर उनले पटक–पटक गठबन्धन फेर्ने गरेकाले उनलाई शंकाको दृष्टिले भने हेर्ने गरिएको छ । नायडुको शानदार कमब्याक सन् २०१९ मा तीन सिट जितेको तेलगु देशम पार्टी (टीडीपी)ले आन्ध्रप्रदेशमा पछिल्लो पटक १९ सिट जितेर शानदार कमब्याक गरेको छ । यसैगरी विधानसभा निर्वाचनमा पनि टीडीपीले १३५ सिट जितेको छ । यो सफलताको श्रेय चन्द्रबाबु नायडुलाई दिइएको छ ।

सन् १९९० को दशकमा गठबन्धन युगमा एचडी देवेगौडा र इन्दर कुमार गुजराललाई मुख्यमन्त्री बनाउन पनि नायडुले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । नायडु सबै राजनीतिक दलका लागि असल मित्र सरह रहेको भारतीय मिडियाहरुले लेखेका छन् ।उनका छोरा नारा लोकेशले पार्टीका वरिष्ठ नेताहरुसँग एनडीए गठबन्धनमै रहने बताइसकेका छन् । यद्यपि अन्तिम निर्णय भने पार्टी अध्यक्ष नायडुले नै गर्ने छन् ।यद्यपि नायडुले सामाजिक सन्जाल एक्समा गठबन्धनसँग मिलेर प्रदेश पुनर्निर्माण गर्ने र गौरव कायम राख्ने बताइसकेका छन् । भारतमा लगातार तेस्रो कार्यकाल प्रधानमन्त्री बन्न लागेका नरेन्द्र मोदीले पार्टी मुख्यालय परिसरमा विजय सभालाई सम्बोधन गर्दै बिहार र आन्ध्रप्रदेशमा भाजपा गठबन्धनलाई जिताउने श्रेय नितिश कुमार र नायडुलाई जाने बताए ।

प्रतिक्रिया दिनुहोस

किसान कार्ड मार्फत क ...

रहमुल लहान २३ भदौ राष्ट्रिय कृषक समुह महासंघ नेपाल द्वारा CARE नेपाल को सहयोग र सखुवानन्कारकट्टी गाउ ...

मधेशमा पहिलोपटक सरका ...

रहमुल लहान २३ भदौ मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्सा शिक्षा आयोगले चिकित्साशास्त्रमा स्ना ...

आगलागीको त्रासमा बाच ...

नरेशचन्द्र बरबरिया सिरहा भदौ २२ गते । सिरहा जिल्लाको सिरहामा आफै आगो सल्केर घरको सम्पूर्ण सरसमान जले ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१