धाब्रेमा जंगल फडानी, वन प्रमुख बेखबर

  • पुस २०, २०८०
  • ४४१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

                        काभ्रे कप्लेश्वर वन सिरहामा भएपनि घाटगद्दी उदयपुरमा

लहान, २० पुस । वन फडानी तिव्र रुपमा भइरहँदा पनि वन डिभिजन कार्यालय लहान बेखबर छन् । नदीजन्य उत्खनन्को सवालमा धनगढीमाई नगरपालिकाका दूई दर्जनबढीमा मुद्दा लगाउन सक्षम रहेका वन डिभिजन कार्यालयका प्रमुख सुजितकुमार झा लहान नगरपालिकाप्रति दयामाया देखाएका छन् । उता, लहान १६ धानेमा लाखौको जंगल फडानी हुँदा कार्यालय प्रमुख मौन छन् । काभ्रे कप्लेश्वर वावा समुदायिक वन उपभोक्ता समिति निगरानीमा सयौं साखुको रुख कटान भएको छ। सो समुदायको बनमा आरा मेशिन र खानपिन गर्दै रुख कटान भइरहेको छ ।

एक स्रोतका अनुसार केही रुख कटान गर्न वन कार्यालय लहान सिरहाले इजाजत दिएको छ। योसँगै थप रुख कटान गरि घाटगद्दी उदयपुर जिल्लामा गर्दै आएको उनको दावी छ । दाउराको घाटगद्दी मात्रै सिरहा जिल्लातर्फ राखिएको छ । उनीहरु रुख कटान गरी उदयपुर हुँदै बाहिर बेच्दै आएको खुलासा भएको छ । वन कार्यालय लहानले केही समय अगाडि बरामद गरिएको बटम काठ त्यस जंगलको छेउमा रहेको रुम्जाटार स्कूलमा राखिएको छ। सो काठ समेत अलपत्र अवस्थामा रहेको वन कार्यालयको निगरानी विमुख रहेको स्थानीय बताउँछन् ।

जंगलमा रुख कटान भइरहेको बेला फोटो लिन जाँदा फडानी गर्नेहरु भगाभाग भएका थिए। काभ्रे कप्लेश्वर बाबा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष राजन मगर र सचिव कुले मगर पत्रकारसँग भेटन मानेनन्। वन डिभिजन कार्यालय लहानका प्रमुख सुजितकुमार झासँग मोबाइल नम्बर ९८५२८३००८२ मा सम्पर्क गर्दा उहाँले 'म अहिले गोप्य बैठकमा छु । "पछि सम्पर्क गर्नु होला ।' प्रमुख झालाई सम्पर्क गर्न पुस १९ गते दिउँसो ३ बजेतीर वन कार्यालय पुगेका थिए। त्यहांका एक कर्मचारीले भने 'एक छिन पहिले हाकिम साहेव कार्यालयबाट बाहिर जानुभयो ।' अनि मोबाईलमा माइसेज छाडेपनि पूनः सम्पर्कमा आउँन चाहेन ।

प्रतिक्रिया दिनुहोस

गा.पा. अध्यक्ष यादवक ...

रहमुल लहान १६ बैशाख । सप्तरीको बलान बिहुल गाउँपालिकाको अध्यक्ष खेमचन्द्र यादवको नेतृत्वमा सुरक्षा प् ...

बलान बिहुलमा अपराध न ...

रहमुल लहान १६ बैशाख । सप्तरीको बलान बिहुल गाउँपालिकाको सभाहलमा १३ बैशाख स्थानीय तहमा अपराध न्यूनीकरण ...

मधेश प्रदेशका अर्थमन ...

दुर्गानन्द पासवान दोहा २८ अप्रील । मधेश प्रदेशका अर्थमन्त्री संजय यादवलाई कतारमा सम्मान गरेका छन।मधे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१