Siraha Times
ताजा समाचार

चुरे वचाउन सिरहा डिएफओ सुजित झा सक्रिय

  • पुस १४, २०८०
  • ८३६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा पुष १४ । संघिय वन मन्त्रि मा.डा विरेन्द्र प्रसाद महतो गृह जिल्ला सिरहाका विभिन्न कार्यक्रमहरुमा मधेशको जिवन धारा चुरे क्षेत्रलाई वचाउने उद्देश्यका साथ स्थानीय स्तरवाटै सक्रियहुन निर्देशन दिए अनुसार । सिरहा जिल्ला वन अधिकृत सुजित झा र जिल्ला समन्वय समिति सिरहा सभापति दिनेश महतोको सक्रियतामा चुरे उत्खनन निरुत्साहित गर्न सफलता प्राप्त गरिरहेका छन ।

विगत लामो समय देखि मधेश प्रदेशका विभिन्न जिल्लाहरुवाट अप्राकृतिक रुपमा प्राकृतिक दोहन गरिरहेका व्यवसायीहरुलाई निरुत्साहित गर्न वन मन्त्री मधेश प्रदेशवाटै हुनुभएकेले प्रभावकारी रुपमा चुरे दोहन रोक्न र पर्यावरण वचाउँदै मधेशलाई मरुभुमिवाट जोगाउन वन विभागले पाएको अधिकारलाई पुर्णरुपमा प्रयोगगरि स्थानीय निकायहरुको मनोमानि ढंगले गरिरहेको ठेक्का पट्टाहरुलाई निरुत्साहित गर्दै जनप्रतिनिधिहरुलाई समेत कार्यवाहीको दायरामा ल्याउन सफल भइरहेकाछन् । 

जिल्ला वन अधिकृत झाका अनुसार कर्जन्हा नगरपालीका वडा नं. १ कमला किनार चुरे क्षेत्रमा अवैध उत्खनन गरिरहेको र उत्खनन गर्न वन नियमावली लाई मिचेर स्थानीय सरकारको मनपरि ढंगले निर्देशन दिएकोले वडा अध्यक्ष फणिन्द्र पोख्रेल पक्राउ परेका हुन् । अनुसन्धानमा लगीएको वडाअध्यक्ष दोषि देखिएपछि कार्यवाहीको लागी वन कारागार लहानमा राखिएको छ । 

वडा अध्यक्ष पक्राउपरे पश्चात स्थानीय सरकारका प्रमुखहरु पनि पक्राउ पर्नसक्ने शंका स्थानीयहरुले गर्न लागेको समाजसेवी जिेतन्द्र यादवले वताउनु भयो । वन अधिकृत र समन्वय समित सभापतिको कार्यहरुलाई चौतर्फि रुपमा राजनीतिकदल लगायत चुरे संग आवद्ध संघ संस्था, राजनितिकर्मी, समाजसेवीहरुले यसकिसमको कर्मचारीहुनु पर्छ अनि मात्र देश र मधेश वन्ने भनि तर्क गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

गृह मन्त्रालय र डिआई ...

रंजित चौरसिया,वीरगंज १८ असार । जिल्ला प्रहरी कार्यालय पर्सा मातहतमा पर्ने ईलाका प्रहरी कार्यालय छपकै ...

शिक्षामा लगानी, उज्ज ...

रहमुल, लहान, १८असार । सिरहाको लहान नगरपालिका–२३ ले माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरे ...

खडक नगरपालिका पूर्ण ...

ओम प्रकाश यादव लहान, असार १८ । सप्तरी जिल्लाको खडक नगरपालिकाले आर्थिक वर्ष २०८३ मा पूर्ण खोप सुनिश्च ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१