Siraha Times
ताजा समाचार

हतकडी सहित भागेको सदाय २४ घन्टामै सिरहाको थलहाबाट पुन पक्राउ

  • पुस ७, २०८०
  • १०८४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान पुस ७ । जिल्ला सिरहा सखुवानन्कारकट्टि गाउँपालिका वडा नं.०३ स्थित दिनाजपुर सरहन्चिया भित्रि सडक खण्डमा सरहन्चियाबाट दिनाजपुरतर्फ पैदल आउदै गरेको (नाम र ठेगाना गोप्य राखेको) नाबालिकालाई लहान नगरपालिका वडा नं. २१ बस्ने अं. वर्ष ३० को छोटु सदायले बाल यौन दुरब्यबहार गरेको भनि ८:१५ बजे ईलाका प्रहरी कार्यालय महेशबारी सिरहामा जानकारी प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय महेशबारी सिरहाबाट प्र.ब.ना.नि.यज्ञानन्द साहको टोलि खटि गई खोजतलाद गर्दै जाँदा लहान नगरपालिका वडा नं. १९ बेताहाबाट निज छोटु सदायलाई फेला पारी नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय लहान सिरहामा ल्याई अनुसन्धान सुरु गरिएको हो । 

पछिलो समयमा ईलाका प्रहरी कार्यालय लहान सिरहामा कार्यरत प्र.स.नि. विनेश यादवकोकमाण्डमा ६ जना प्रहरी कर्मचारीहरुले ३ जना थुनुवा लिएर जिल्ला अदालत सिरहामा कानुनी प्रकृयाको लागि पठाएकोमा ३ जना थुनुवा मध्ये मिति २०८०।०९।०५ गते बाल यौन दुरब्यबहारमा अनुसन्धानको लागि पक्राउ परेको जिल्ला सिरहा नगरपालिका वडा नं.२१ बस्ने अन्दाजी वर्ष ३० को छोटु सदाय थुनुवालाई जिल्ला सरकारी वकिल कार्यालय सिरहामा मिशिल देखाउने क्रममा जिल्ला सरकारी वकिल कार्यालय सिरहाको गेट अगाडीबाट हत्कडी खुस्काएर फरार भएकोमा तुरुन्त ब्यापक रुपमा प्रहरी परिचालन गरि खोजतलासको जारी गरिएको ।

खोजतलासकै क्रममा ईलाका प्रहरी कार्यलय लहान सिरहाबाट प्र.स.ह. देव कुमार यादवको कमाण्डमा सादा पोशाकमा खटिएको टोलिले आज जिल्ला सिरहा कल्याणपुर नगरपालिका वडा नं. १२ थलहा स्थितमा लुकिछिपी बसिरहेको अबस्थामा निज छोटु सदायलाई फेला पारी नियन्त्रनमा लिई जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई थप अनुसन्धान कार्य गरिरहेको जनाए ।

प्रतिक्रिया दिनुहोस

गृह मन्त्रालय र डिआई ...

रंजित चौरसिया,वीरगंज १८ असार । जिल्ला प्रहरी कार्यालय पर्सा मातहतमा पर्ने ईलाका प्रहरी कार्यालय छपकै ...

शिक्षामा लगानी, उज्ज ...

रहमुल, लहान, १८असार । सिरहाको लहान नगरपालिका–२३ ले माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरे ...

खडक नगरपालिका पूर्ण ...

ओम प्रकाश यादव लहान, असार १८ । सप्तरी जिल्लाको खडक नगरपालिकाले आर्थिक वर्ष २०८३ मा पूर्ण खोप सुनिश्च ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१