Siraha Times
ताजा समाचार

सिरहामा बाल यौन दुर्व्यवहारका आरोपित,प्रहरिको अगाडिबाटै हत्कडि सहित फरार

  • पुस ६, २०८०
  • १२२५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा पुस ६ । बाल यौन दुर्व्यवहार आरोपमा पक्राउ गरी म्याद थपका लागि ल्याइएको एक आरोपित जिल्ला सरकारी वकिलको कार्यालय अगाडिबाट हतकडीसहित फरार भएका छन्। आरोपित छोटु सदा कहिबेर अघि हतकडीसहित फरार भएको सिरहा प्रहरी प्रवक्ता (डिएसपी) रविन्द्रराज पाण्डेले पुष्टि गरेका छन्। बाल यौन दुर्व्यवहार आरोपमा सदालाई बिहीबार लहान प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो। शुक्रबार दिउँसो करिब ३ बजे म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालय सिरहा पुर्‍याइएको थियो। प्रहरीको भ्यानबाट तल ओराल्ने क्रममा सदा हतकडीसहित भागेको डिएसपी पाण्डेले बताए। उनको खोजी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

झौवा गाउँमा एनसेलको ...

रामअधार यादव, रौतहट, भाद्र,१० गते रौतहट । कटहरिया नगरपालिका–१ अन्तर्गत झौवा गाउँमा एनसेल मोबाइ ...

विवाद अन्त्यसँगै खैर ...

ओम प्रकाश यादव लहान भदौ १० । सखुवानन्कारकट्टी गाउँपालिका–४ खैरबोनास्थित ग्राम ज्योति कृषि सहका ...

कृषक व्यवसाय पाठशाला ...

ओम प्रकाश यादव लहान, भदौ १० । किसानहरूको व्यवहारिक ज्ञान, सीप र क्षमता विकाससँगै कृषक समूहहरूको संस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१