दुई सय चालिस किलो गाँजा सहित मानिस पक्राउ

  • पुस ६, २०८०
  • ८३८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान पुष ६ । सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका ८ कोशीपलारबाट पुस ५ सशस्त्र प्रहरीले दुई सय चालिस किलो गाँजा सहित मानिस पक्राउ गरेको छ । विशेष सुचनाको आधारमा खोज तलास गर्नेक्रममा बाँसघारीमा लुकाई छिपाई राखेको अबस्थामा दुई सय चालिस किलो गाँजा बिओपी बर्साईनले बरामद गरेको हो । यसैगरी सप्तरी जिल्लाकै कञ्जनरुप नगरपालिका २ बरमझियास्थित पूर्व पश्चिम लोकमार्गबाट पुस ४ गते सशस्त्र प्रहरीले पाँच किलो तीन सय ग्राम गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

मोटरसाइकलमा आउदै गरेका उदयपुर जिल्लाको बेलका नगरपालिका ६ बस्ने १८ बर्षिय भोजकुमार राईलाई सशस्त्र प्रहरी बल नेपाल दन्तकाली बिषेश तालिम शिक्षालय सप्तरीले जाँच गर्ने क्रममा झोलाभित्र प्लाष्टिकमा प्याक गरिएको ५ वटा गाँजाको प्याकेट फेला परेपछि उनलाई नियन्त्रणमा लिएको हो । बरामद गाँजा तथा नियन्त्रणमा लिईएका राईलाइ आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस

कतारमा सामाजिक कार्य ...

रामएकवाल राम दोहा :- समाज सेवा गर्ने रहर हुँदैमा समाज सेवा गर्न सम्भव छैन । जुन काम प्रवासमा ...

सखुवानन्कारकट्टीमा ज ...

रहमुल लहान, असार १ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) नेपालको पालिक ...

जसपा नेपाल नेवा: राष ...

काठमाडौं  - जनता समाजवादी पार्टी, नेपालको राष्ट्रिय मोर्चा 'नेवा: राष्ट्रिय समितिको ऐतिहास ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१