पृथ्वीचन्द्र अस्पतालमा चोरी गरेको अभियोगमा गार्ड प्रहरीकाे नियन्त्रणमा

  • पुस ४, २०८०
  • ८२० पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी / पुस ४ । पश्चिम नवलपरासीको सदरमुकाम परासी स्थीत पृथ्वीचन्द्र जिल्ला अस्पतालको टिकट काउन्टरबाट नगद रकम चोरी अभियोगमा गार्डलाई प्रहरीले हिरासतमा लिइएको छ । अस्पतालबाट नगद पैसा चोरीमा संलग्न एक जना गार्डलाई सोमबार अस्पतालबाट जिल्ला प्रहरी कार्यालय नवलपरासीले नियन्त्रणमा लिएको हाे । पृथ्वीचन्द्र अस्पताल परासीमा विगत ८/९ महिना देखि गार्डको रुपमा कार्यरत पाल्हीनन्दन गाउँपालिका वडा नं ०६ बस्ने राजु हरिजनले अस्पतालको काउन्टरबाट आईतवार राति ११ बजे २ लाख ११ हजार रुपैया चोरी गरेकाे पृथ्वीचन्द्र अस्पतालका मेडिकल सुरिटेण्डेण्ट डाक्टर किरण पाण्डेले जानकारी दिए ।

गएको आइतबार राति ११ बजे २ लाख ११ हजार रुपैया चोरी गरेको विषय अस्पतालको सिसिटिभि क्यामरामा रेकर्ड रहेकाे छ । अस्पतालमा चोरीका घटनाहरु विगतका दिन देखि हुँदै आएको तर व्यवस्थापन निकायले लापरवाही गरेको एक स्थानियले बताउँछन्। उनले भने यहाँ कहिले ८ हजार कहिले ३५ हजार गरी दुई तीन पटक चोरी भएको छ । यस पटक चोरी गरेकोको रकम मध्य ३ हजार ६ सय रुपैया भेटिएको तथा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी रेशम बोहराले बताउनुभयाे ।

 

प्रतिक्रिया दिनुहोस

जलवायु मैत्री गाउँ प ...

रहमुल, लहान १७ चैत्र । जलवायु परिवर्तनका बढ्दो चुनौतीसँग जुध्दै दिगो कृषि प्रणाली विकास र किसान सशक् ...

राजदेवी आधारभूत विद् ...

रहमुल, लहान १७ चैत्र । सिरहाको लहान नगरपालिका–१५ स्थित राजदेवी आधारभूत विद्यालयमा ६ कोठे आधुनि ...

SEE २०८२ केन्द्राध्य ...

रहमुल, लहान १७ चैत्र । माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ लाई मर्यादित, व्यवस्थित तथा निष्पक्ष रूपमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१