परशुराम तलाऊमा पानी छैन , भक्तजनहरू स्नानबाट वञ्चित

  • पुस १, २०८०
  • ६१० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, पुस १ । मधेश प्रदेशको धनुषा जिल्लाको सदरमुकाम जनकपुरधामको पूर्व–उत्तर स्थित पुरनदाहा गाउँमा परशुराम तलाऊ रहेको छ । प्राचिन मिथिलाको राजधानी जनकपुरधाम भन्दा करिव १४ कि.मी . पूर्व तथा धनुषाधाम भन्दा करिव ५ कि.मी पूर्वमा अवस्थित रामायण कालीन परशुराम तलाऊ रहेको छ । सुरुवातका दिनहरूमा जनक सरोवरको नाउँले चिनिदै आएको यो सरोवर परशुरामको घोर तपश्याबाट कालो कमलको फूल सेतो भएपछिको दिनदेखि परशुराम तलाउको नाममा चिनिन थालिएको हो ।

साबिक मिथिलेश्वर निकास ४ मा रहेको सरोवर हाल मिथिला विहारी न.पा. २ मा अवस्थित रहेको छ । करिब २५ विगहा क्षेत्रफलमा फैलिएको यस तलाऊको दक्षिणतिर सिता सरोवर रहेको छ । तलाऊको ठिक पश्चिमपट्टी जगधर नदी बगिरहेको छ यस जलाशयमा शिली , जलहाँस , नीलकमल रक्त कमल जस्ता दुर्लभ पंक्षी तथा लोपोन्मुख प्रजातिका वनस्पतिहरु पाईने यस सरोवरको आफनै मौलिकता रहेको छ । तलाउको पवित्रताको कारण छठ , एकादशमी , एवं जीतिया पर्वमा धार्मिक भजन , किर्तन , नाचगानको व्यवस्था गरी तलाउ बेहुली जस्तै श्रृंगारिन्छ । जितिया पर्वमा विहानैदेखि यस क्षेत्रवरिपरिका महिलाहरुको उल्लेखनीय भीड लाग्ने गर्दछ ।

तर विवाहपञ्चमीको अवसरमा आन्तरिक तथा वाहृय पर्यटकहरू आएपनि कुनै किसिमको सजावट देख्न पाएनन् । यस तलाउको पूर्वी डिलमा नगर डिहवारको मन्दिर रहेको छ । उत्तर डिलमा पूर्वबाट मिथिलेश्वर महादेव मन्दिर, बिचमा परशुराम मुर्ति जुन निर्माणाधिन अवस्थामा छ र उत्तर डिलको सबै भन्दा पश्चिममा हनुमानजी महराजको मन्दिर बनाईएको छ । तलाउमा प्रवेश गर्न एउटा ठूलो प्रवेश द्धारा उत्तरतिर बनाईएकोे छ ।

धनुषाको परशुराम तलाउ ब्यबस्थापनका अभावमा एकातिर सरोवरको पानी सुकेको छ भने अर्कोतिर सरोवरको दिलको भौतिक संरचना अलपत्र परेको छ । बिबाह पञ्चमीको अवसरमा उक्त सरोवरमा पुगेका भक्तजनहरूले स्नान गर्न पाएका छैनन । हिन्दू धर्मग्रन्थ अनुसार परशुरामलाई भगवान् विष्णुका १० मुख्य अवतारहरूमध्ये छैठौं अवतार मानिन्छ । परशुरामको मुख्य हतियार परशु (बञ्चरो) भएकाले उनको नाम परशुराम रहेको मानिन्छ । परशुरामले २१ पटक पृथ्वीका क्षत्रियहरूको संहार गरेको धार्मिक ग्रन्थहरूमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

अल्ट्रा अभियानका सञ् ...

रंजित चौरसिया,वीरगंज १० भदौ । अल्ट्रा अभियान डिजिटल ईलेक्ट्रा प्रा.लि. वीरगंजका आधिकारिक प्रोपराईटर ...

मकवानपुरमा भारतीय सु ...

ओम प्रकाश यादव लहान भदौ ८ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी रातोमाटेबाट खटिएको संयुक्त ...

जसपा नेपालको भूमि वि ...

ओम प्रकाश यादव लहान भदौ ७ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) ले सरका ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१