नवलपरासी प्रहरी द्वारा ७ लाख सहित एक युवा पक्राउ

  • मंसिर २९, २०८०
  • ७७२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,परासी/मंसिर २९। पश्चिम नवलपरासीको सदरमुकाम परासीबाट नवलपरासी प्रहरीले स्रोत नखुलेको सात लाख रकम सहित एक युवकलाई पक्राउ गरेको छ । रामग्राम नगरपालिका वडा नं ५ परासीबाट प्रहरीले ७ लाख ९ सय नेपाली रुपैयाँ सहित पाल्हीनन्दन गाँउपालिका वडा नं २ हरपुर बस्ने १९ वर्षिय मोहम्मद समिर धुनियालाई पक्राउ गरेको हो ।

धुनियाँले चढेको लु ५९ प ३२३९ नम्बरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा उनको साथ बाट १ हजार दरका ४ सय, ५ सय दरका ६ सय र १ सय दरका ९ थान गरी ७ लाख ९ सय रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी,डिएसपी रेशम बोहोराले जानकारी दिनुभयो । पाईन्टको भित्रि गोजीमा लुकाएर हिडेको अवस्थामा प्रहरीले उनलाई मोटरसाईकल सहित नियन्त्रणमा लिएर भैरहवा भन्सार कार्यालय पठाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

जलवायु मैत्री गाउँ प ...

रहमुल, लहान १७ चैत्र । जलवायु परिवर्तनका बढ्दो चुनौतीसँग जुध्दै दिगो कृषि प्रणाली विकास र किसान सशक् ...

राजदेवी आधारभूत विद् ...

रहमुल, लहान १७ चैत्र । सिरहाको लहान नगरपालिका–१५ स्थित राजदेवी आधारभूत विद्यालयमा ६ कोठे आधुनि ...

SEE २०८२ केन्द्राध्य ...

रहमुल, लहान १७ चैत्र । माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ लाई मर्यादित, व्यवस्थित तथा निष्पक्ष रूपमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१