ताजा समाचार

नवलपरासी प्रहरी द्वारा ७ लाख सहित एक युवा पक्राउ

  • मंसिर २९, २०८०
  • ९५५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,परासी/मंसिर २९। पश्चिम नवलपरासीको सदरमुकाम परासीबाट नवलपरासी प्रहरीले स्रोत नखुलेको सात लाख रकम सहित एक युवकलाई पक्राउ गरेको छ । रामग्राम नगरपालिका वडा नं ५ परासीबाट प्रहरीले ७ लाख ९ सय नेपाली रुपैयाँ सहित पाल्हीनन्दन गाँउपालिका वडा नं २ हरपुर बस्ने १९ वर्षिय मोहम्मद समिर धुनियालाई पक्राउ गरेको हो ।

धुनियाँले चढेको लु ५९ प ३२३९ नम्बरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा उनको साथ बाट १ हजार दरका ४ सय, ५ सय दरका ६ सय र १ सय दरका ९ थान गरी ७ लाख ९ सय रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी,डिएसपी रेशम बोहोराले जानकारी दिनुभयो । पाईन्टको भित्रि गोजीमा लुकाएर हिडेको अवस्थामा प्रहरीले उनलाई मोटरसाईकल सहित नियन्त्रणमा लिएर भैरहवा भन्सार कार्यालय पठाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

लहान १५ मा ४० लाखको ...

ओम प्रकाश यादव, लहान कार्तिक ८ । सिरहाको लहान नगरपालिका वडा नं. १५ मा ४० लाख रुपैयाँको लागतमा निर्मा ...

गोपाल सेवा सदन लहानद ...

ओम प्रकाश यादव, लहान, कार्तिक ७ । विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको शुभोपलक्ष्यमा गोपाल सेवा सदन ...

नरहा १ मा जसपा नेपाल ...

ओम प्रकाश यादव लहान कार्तिक ७ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सिरहाको नरहा गाउँपालिका वडा नं. ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤