Siraha Times
ताजा समाचार

प्रेम जालमा पारेर बनाए बिचलित

  • असोज १९, २०८०
  • ११९१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, असाेज १९ । सिरहाको गोलबजार १ बल्डारा माइती भएकी देवीका सदाय प्रेम जालमा परी यतिबेला बिचल्लीमा परेकी छिन । गोलबजार १ की २४ वर्षीय देवीका सदायलाई मिर्चैया नगरपालिका वडा नं ९ भगवानपुरका २५ वर्षीय विजय महतोले बिचल्लीमा पारेका हुन् । वर्षौंदेखि प्रेम सम्बन्धका जालमा पारेर देविकालाई विजयले सिरहाको बन्दीपुरमा कोठा भाडामा लिएर राख्दै आएका थिए ।

कोठमा राख्दै आएका बखत विजयले दिनभर आफ्ना घर परिवारको सम्पर्कमा रहेर बेलुका उनीसँग बस्दै आएका थिए । सँगै बस्दै आएका उनले देबिकालाई खर्च समेत दिँदै आएका थिए । सँगै बसी रहेको देविकाले गर्भ बोकेको थाहा पाएपछि झुकाएर कोठामै औषधि खुवाएर गर्भपतन गराएको देवीकाको आरोप रहेको छ ।

वैदेशिक रोजगारीका क्रममा कतार गएका विजयले उनलाई बेला बेलामा खर्च समेत पठाइरहेको थियो ,तर कतारबाट फर्किएका विजयले देविकालाई भित्र्याउन नमानेपछि न्यायको लागि देविकाले मिर्चैया प्रहिरीमा उजुरी दिएकी छिन् । मिर्चैया प्रहरीले विजयको अभिभावकलाई बोलाएर सामान्य छलफल गराएता पनि विजय भने फरार रहेको छ ।

प्रतिक्रिया दिनुहोस

गाई तस्करी रोक्न खोज ...

लहान भदौ ९ । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित बलान खोला हुँदै भारततर्फ गाई ओसारपसार भइरहेको ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१