नवराजपुरमा युवतीको रहसमय मृत्यु घटना संकास्पद अनुसन्धान जारि

  • आश्विन ४, २०८०
  • ६३३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स, असाेज ४। सिरहाको नवराजपुर गाउँपालिका वाडा नम्बर ५ देवनगरमा एक महिला आफ्नै घरमा झुण्डिए पछि माइती पक्षले हत्या भएको हुनसक्ने आशंका व्यक्त गरेका छन । उनी गत भदौ ३० गते पासोमा झुण्डिएको प्रहरीले जनाएको छ । नवराजपूरमा प्रेम कुमारी यादवको संखास्पद हत्या गरी झुन्ड्याएको हुनसक्ने परिवारजनले आसंखा व्यक्त गर्दै दोषीलाई अनुसन्धान मार्फत यथासक्य कानुनी दायरामा ल्याउन माग गरेका छन् । विक्रम सम्वत २०७९ फाल्गुन २६ गते नवराजपुर गाउँपालिका वाडा नम्बर ५ को रमेश कुमार यादव र लक्ष्मीपुर पतारी गाउँपालिका वाडा नम्बर ६ सितापुरकी प्रेम कुमारी यादव बीच सामाजिक परम्परा अनुसार वैवाहिक सम्बन्ध स्थापित भएको थियो ।

वैवाहिक सम्बन्ध स्थापित भएको करिब सात महिना नबित्दै प्रेम कुमारी यादव अस्ताईन । भदौ ३० गते आफ्ना ससुराल घर देवनगरमा उनी सलको पासोमा घर भित्र कोठा थुनेर बलोमा झुण्डिएको उनकी सासुले बताईन । उनी झुण्डिएको बखत आफूहरु घर बाहिर काममा रहेको मृतकका सासुले बताईन भने उनका सासुरा बद्री यादवले आफू गाउँको भोजमा सहभागी भएको बखत घटना भएको दाबी गरे । प्रहरीका अनुसार घटना साँझ करिब ६ बजेर ३० मिनेटमा भएको थियो । घटनाको बारेमा स्थलगत रिपोर्टिङका क्रममा ,उनका सासुले भने " गोसाई अर्थात् देउतालाई धूप बत्ती गर्न गएको बखत घरको ढोका बन्द भएको देखेपछि आफूले ढोका ढकढकाई रहेको अवस्थामा भित्रबाट कुनै आवाज नआएपछि आफूले ढोकाबाट चिहाएर हेर्दा बुहारी छटपटाएर झुण्डिएको देखेर ढोका उघारेर भित्र पसी सलको पासो काटेको " बताईन ।

स्थानियको सहयोगमा प्रहरीले घटनाको बारेमा जानकारी पाएपछि करिब १० देखि १५ मिनेटको समयभित्र प्रहरी कार्यालय झाझपट्टिका असई सञ्जय शर्माको नेतृत्वमा प्रहरी टोली उक्त घटना स्थलमा पुगेको प्रहरीले बताएको छ । घटना स्थलमा रातभरि लास रुमेर बस्दै आएका प्रहरीले घटनाको वस्तु मुचुल्का उठाई माइतीको सहमतिमा उक्त लासलाई पोस्ट मार्डमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको थियो । ससुराल पक्ष र माइतीको सहमतिमा लासको दाह संस्कार गरिएको मृतकका बुबा चनर यादवले बताए ।

घटनाको प्रकृति हेर्दा शंकास्पद रहेको हुनाले घटनाको बारेमा आफूले सरकारी वकील , प्रशासनिक निकायमा जानकारी गराई सकिएको प्रहरी कार्यालय पतारिले जनाएको छ । पोस्टमार्डम रिपोर्ट आउन केही समय लाग्ने ईलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीका इन्स्पेक्टर गोविन्द कर्णले बताए । घटना कसरी भयो भन्ने बारेमा अहिले नै भन्न नसकिने प्रहरी निरीक्षक कर्णले बताए ।

घटनाको बारेमा माइती पक्षलाई प्रत्यक्ष संपर्क गर्दा , विवाहको एक वर्ष नबित्दै दाईजोकाे लागि विभिन्न प्रकारको यातना आफ्नो छोरीलाई दिँदै आएको बताउने माइती पक्षले परिवार जनबाट छोरीको हत्या भएको आरोप लगाएको छ । घटना घटे पश्चात मृतकका सासु र ससुरा मात्र घरमा रहेको र मृतकका श्रीमान रमेश यादव र जेठानी फरार रहेको प्रहरी निरीक्षक कर्णले बताए । घटनाको सुक्ष्म अनुसन्धान जारी रहेको र पोस्टमार्डम रिपोर्ट आए पछि रिपोर्टकाे अधारमा थप कानुनी प्रक्रिया अगाडि बढाईने प्रहरी निरीक्षक कर्णले बताए ।

प्रतिक्रिया दिनुहोस

अमित ठकुरीको एतिहासि ...

विनोद मण्डल, मंसिर २४ । भौगोलिक रूपमा विकट मानिएको धनगढीमाई नगरपालिकाको वडा नं १४ का आम जनताको हात ह ...

हात्तीदह सिमसारको यो ...

सिराहा, मंसिर २४ गते । सिराहाको लहान नगरपालिका वडा न. १५ सोभापुरमा अवस्थित श्री कोईरालो खोला नमुना स ...

प्रसौनी बाराका घुमुव ...

रंजित चौरसिया,बारा २४ मंसिर। यस अनलाईनले शुक्रवार “ईप्रका प्रसौनी बाराका घुमुवाहरु पटेल र केवट ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

Copyright © 2016 / 2023 - Sirahatimes.com All rights reserved

Website By : Hash Tech Logic