पर्दा अगाडी राखेर विशनपुरमा भयो चोरी

  • असोज १, २०८०
  • ६८६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, असोज १ । सिरहाको धनगढीमाई १२ मा रहेको एक घरबाट गए राति चोरी भएको छ । स्थानिय बिशनपुर स्थित दिनेश यादवको घरमा राति चोरी भएको हो । बाटो छेउमा रहेको घरमा ताल्चा फुटाएर ढोका अगाडि पर्दा राखेर चोरी गरिएको छ । घरमा सासु आमा बिरामी परेको कारणले घरमा ताल्चा लगाएर आफ्नो छेउको घरमा बच्चाहरु लिएर सुतिरहेको बेलामा चोरी भएको पारिवारिक स्रोतले बताएको छ । बाख्रालाई बिहानी पख हेरचाहको लागि उठेर हेर्दा ढोका उघारिएको देखेपछि घरबाट चोरी भएको थाहा पाएको पारिवारिक स्रोतले बताएको छ । स्थानियको सहयोगमा घर बारीमा यत्रतत्र फालिएको अवस्थामा सर सामान भेटिएको थियो । घरबाट L C D , गरगहना , नगद लगाएत चोरी भएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस

जनभावना बचत तथा ऋण स ...

लहान कात्तिक २१। जनभावना बचत तथा ऋण सहकारी संस्था लिमिटेड, धनगढीमाई नगरपालिका वडा नम्बर १ सिरहाद्वार ...

राष्ट्रिय राजनीति र ...

लहान, २१ कार्तिक । लामो समयसम्म कम्युनिष्ट धारभित्र रहेर राष्ट्रिय राजनीतिमा सक्रिय भूमिका निर्वाह ग ...

जसपा नेपाल छोडेका सब ...

काठमाडौं २१, कार्तिक । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा पार्टी परित्याग ग ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१