ताजा समाचार

अभियुक्तहरु पक्राउ

  • साउन २, २०८०
  • ७५९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल , साउन २ मधेश प्रदेश । बालिका बलात्कृत आरोपमा दोषीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सप्तरी जिल्लाको कंचनरुप - १२ कि एक नावालिकालाई डर धम्की देखाउदै , जवरजस्ती करणी गर्नेहरु - कैलाश पोख्रेल (आदेश दिने), दिपेश सुवेदी, सुदिप भुजेल, मनोज विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पिडितले २०८०।०३।३१ गते राति मात्र आफ्ना अभिभावकलाई उक्त घटनाका वारेमा वताएकी थिइन । उक्त घटनामा सम्लग्न बिपक्षीहरुलाई पक्राउ गरी कानुन बमोजिम कार्यवाही गरि पाउ भनि पिडित र अभिभावकले ईप्रका कन्चनपुर सप्तरीमा मिति २०८०।०४।०१ गते लिखित जाहेरी दरखास्त सहित उपस्थित भए पश्चात प्रहरीमा जानकारी आए लगतै उक्त घटनामा संलग्न सवै जनालाई ई.प्र.का. ठेलियाको टोलिले तत्कालै नियन्त्रणमा लिएको थियो । उनीहरु विरुद्द “जवरजस्ती करणी सम्वन्धी कसुर” मा अनुसन्धान प्रकृया शुरु गरी म्याद थपका लागी सम्मानित सप्तरी जिल्ला अदालत पठाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

रामनगर साना किसान कृ ...

ओम प्रकाश यादव, सप्तरी, कार्तिक ८ । सप्तरीको बलान बिहुल गाउँपालिका–५, रामनगरस्थित रामनगर साना ...

लहान १५ मा ४० लाखको ...

ओम प्रकाश यादव, लहान कार्तिक ८ । सिरहाको लहान नगरपालिका वडा नं. १५ मा ४० लाख रुपैयाँको लागतमा निर्मा ...

गोपाल सेवा सदन लहानद ...

ओम प्रकाश यादव, लहान, कार्तिक ७ । विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको शुभोपलक्ष्यमा गोपाल सेवा सदन ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤