Siraha Times
ताजा समाचार

खडेरीका करण नवलपरासीका किसान चिन्तित

  • असार ४, २०८०
  • ७४७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी/असार ३ । पश्चिम नवलपरासीका किसानहरु खडेरीका कारण चिन्तित भएका छन् । असार लागिसक्यो तैपनि पानी नपरेकाेले किसानहरु चिन्ता व्यक्त गरेका छन् । नवलपरासीका किसानहरु अधिक्तम कृषि पेसा मै निर्भर हुने गरेकाले खेतमा छरेका बिउ पानी नपर्दा सुक्न थालेकाे किसाहरुले बताउँछन् । उता नवलपरासीको पाल्हिनन्दनमा किसानहरु चर्काे घाममा एक सातादेखि राेपाइ गरिरहेका छन् । चर्काे घाममा राेपाइ गरेका धान पानी नपाउदा खेतमै सुक्न थालेकाे छ । राेपाइ गरेकाे खेत ध्वजा फाट्न थालेकाले किसानहरु निरास बनेका छन् । समयमा पानी नपर्दा खाेला,नाला र बाेरिङ्गहरुमा पनि सुक्न थालेकाेले छरेका बिउ पनि खेतमा सुक्दै गएकाे किसानहरुले बताउँछन् । देशका अधिकान्स जिल्लाहरुमा पानी नपर्दा किसान मारमा परेका छन् । साथै लुम्बिनी प्रदेशमा अझै केहि दिन पानी नपर्ने माैसम पुर्व अनुमान महाशाखाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

झौवा गाउँमा एनसेलको ...

रामअधार यादव, रौतहट, भाद्र,१० गते रौतहट । कटहरिया नगरपालिका–१ अन्तर्गत झौवा गाउँमा एनसेल मोबाइ ...

विवाद अन्त्यसँगै खैर ...

ओम प्रकाश यादव लहान भदौ १० । सखुवानन्कारकट्टी गाउँपालिका–४ खैरबोनास्थित ग्राम ज्योति कृषि सहका ...

कृषक व्यवसाय पाठशाला ...

ओम प्रकाश यादव लहान, भदौ १० । किसानहरूको व्यवहारिक ज्ञान, सीप र क्षमता विकाससँगै कृषक समूहहरूको संस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१