पटक पटक तटबन्ध निर्माणका लागि बजेट विन्याेजन हुदा निर्माण गुणस्तरहीन

  • असार ४, २०८०
  • ७२१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी/असार ०४ । पश्चिम नवलपरासीको दक्षिणी सिमा क्षेत्रको गाँउ जोगाउन स्थानिय लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जयसवाल डुबानको कारण पछ्याउदै समस्या समाधानको खोजीमा लागेका छन् । बर्षेनी बर्षायाममा डुबानको समस्या झेल्दै आएको सिमावर्ती पाल्हीनन्दन गाउपालिका महेशपुर,रमपुरवा,सुनरी लगायतका गाँउ जोगाउनका लागि झरही नदीमा जम्मा भएको बालुवा सफाई गराउदै समस्या समाधानका कार्यमा उनी जुटेका हुन् । पाल्हिनन्दन गाउँपालिका वाड नं १ रमपुरवा स्थित झारही खाेला र धनेवा खाेलामा लुम्बिनी प्रदेश आयोजना अन्तर्गत निर्माण भएको तटबन्ध दुई वर्ष नबित्दै बाढीले भत्काएको छ ।

विकास पुर्वाधार पनि जनतालाई चाहिन्छ नै,तर विकास गर्दा कहिँ बिनास निम्तयाउदैछ, भन्ने त्यस प्रति पनि सरकारी निकाय सचेत हुन आवश्यक रहेको छ । अब जुन गतिले विकास पुर्वाधार भई रहेको छ,त्यस अनुपातमा खोलानालाममा खोलाजन्य सामाग्री ढुगाँ,गिट्टि,बालुवा उपलब्ध नहुने हुदा पहाडमा कुनै उपयुक्त डाडाको पहिचान गरि वातावरणिय प्रभाव मुल्याँकन गरेर त्यसलाई खानीको रुपमा उपयोग बढाइयो भन्ने खोलानालाको दोहन रोक्न सकिन्छ । नदीले जति मात्रामा उपलब्ध गराउछ,समाग्रि त्यती झिक्नु उपभोग हो,तर जबरजस्ती अनियन्त्रित खोला खन्नु प्रकृतिको पनि बलत्कार हो । सो बलत्कार प्रकृति माथिको अपराध हो । अपराधिक कार्य सरकारले रोक्नुपर्छ । यसमा नागरिक समाज पनि सचेत हुनुपर्छ । यसको प्रत्यक्ष प्रमाण अहिले नवलपरासी जिल्लामा देख्न सकिन्छ ।

तीन सय मिटर लामो तटबन्ध प्रदेश सरकारकाे लागतमा निर्माण भएकाे दुई वर्ष नबित्दै भत्किएपछि नवलपरासीको पाल्हिनन्दन गाउँपालिका लगायत आसपासका दर्जनौं गाउँ बाढी र कटानको उच्च जोखिममा पर्दै आएका छन् । रमपुरवामा बाढी र कटान रोक्न आर्थिक वर्ष २०७८/०७९ मा करिब सय मिटर लामो तटबन्ध रु १० लाख त्यस्तै ३३ लाख ५० हजारको लागतमा २ सय मिटर निर्माण भएको थियो । तीमध्ये २ सय मिटरभन्दा बढी तटबन्ध बाढीले भत्काएको थियो ।

प्रदेश सरकारको प्राथमिकतामा परेको नवलपरासी आयोजनाको काम गुणस्तरहीन भएकाले दुई वर्षमै भत्किएको स्थानीयवासीको गुनासो छ । तटबन्ध बगाएपछि यस क्षेत्रका खेतीयोग्य जमिन कर्णाली नदीले कटान गरिरहेको स्थानीयवासीहरु बताउँछन् । साथै त्यस तटबन्धलाई निर्माण गर्न पटक पटक प्रदेश सभा सदस्य बैजनाथ जयसवालले प्रदेशबाट बजेट विन्याेजन गराउदाँ समेत गुणस्तर काम हुन नसकेकाे बाढी तथा कटान पिडितहरुकाे भनाइ रहेकाे छ ।

बर्षायाममा आउने बाढीको पानी झरहीखोलाबाट बाहिर ओभर फ्लो भई गाँउ डुबान गर्दै आएको निष्कर्ष निकाल्दै उता खोलामा जम्मा भएको सिल्ट सफाई कार्य शुभारम्भ गराएको प्रदेश सभा सदस्य जयसवालले बताए । थोरै पानीले पनि गाँउमा पस्ने,गाँउ डुबान गर्ने,घर तथा खेतबारीका बालीनाली पनि नष्ट गर्दै आईरहेको अवस्था छ,उनले भने, यसको कारण स्थानियबासीले नै भनेका छन्,कि नदी पहिला गहिरो थियो,चुरेबाट बग्दै आउने बालुवा,भष्कट जम्मा भई खोलाको गहिराई पुरिएको छ,थोरै पानी आउदा पनि खोलाले धान्ने अवस्था छैन् । त्यही भएर अहिले खोला सफा गरिने कार्य भई रहेको छ । यो कार्य नदी आफ्नो पुरानै अवस्थामा नगएसम्म निरन्तर गर्नु पर्ने अवस्था देखिएको प्रदेश सभा सदस्य जयसवालले बताए । खोला सफाई गरिदिए पछि खोलाको गहिराई पनि बढेको छ, उनले थपे,खोलाबाटै निस्केको भष्कटले बाँध र तटबन्धन पनि गर्न सकिएको छ । तटबन्धन गरेर त्यसमा रुख विरुवा,झाडीदार नर्कट,बाँध लगायतका बनस्पति रोपेर तटबन्ध जोगाउनु पर्ने पनि अवस्था रहेको उनको भनाई रहेकाे छ ।

विगत बर्षमा थोरै मात्रामा नदीबाट नदी जन्य पदार्थ त्यो पनि मानविय शक्तिको प्रयोग गरि झिक्ने कार्य हुदै आएको थियो । त्यो बेला डुबान कटान र पटान कम थियो,तर अहिले यान्त्रिक विधि(एक्साभोटर,जेसिबी)को प्रयोग गरि खोला जन्य पदार्थको दोहनले तराईमा तबाई मच्चाएको स्वकिय सचिव खानले बताए । यसबारे प्रदेश साँसद जैसवाल गम्भिर भई लागेको दाबी गर्दै उनले अन्य साँसद र स्थानिय तहका जनप्रतिनिधिहरु पनि सक्रिय भएर लाग्नु पर्ने आवश्यकता उनले औल्याएका थिए । सुनवल नगरपालिकामा दोहन हुन्छ,तर त्यसको प्रभाव भने पाल्हीनन्दन गाउपालिका,सरावल गाउपालिका र रामग्राम नगरपालिकामा पर्ने गरेको उनको भनाई थियो । उनका अनुसार सुनवलको दोहनका कारण पाल्हीनन्दनमा डुबान भएर बार्षिक एक हजार विघा धानबाली नष्ट हुने गर्छ । धानबाली नष्ट हुदा किसानको आय मात्र घट्ने होईन,देशमै खाद्य अभाव सृजना गर्ने गर्छ । यसले खाद्य परनिर्भरता पनि बढाउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

विपन्न दलित समुदायको ...

लहान कात्तिक २। यहाँको लहान नगरपालिका–१५ स्थित लंग्राहा मुसहरी टोलका शिवशंकर सदायका बाबुआ ...

७० औं प्रहरी दिवस २० ...

रहमुल लहान १ कात्तिक । जिल्ला प्रहरी कार्यालय सिरहामा ७०औं प्रहरी दिवसको अवसरमा विशेष कार्यक्रम ...

नहरा चौकमा टेम्पु चा ...

रहमुल लहान १ कात्तिक । लहान–ठाडी सडकखण्डको नहरा चौकमा आज बिहान टेम्पु चालकहरूले आक्रोशित हुँदै ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१