Siraha Times
ताजा समाचार

स्ववियु निर्वाचनको विषयमा निर्णय नलिए आन्दोलनमा उत्रिने, २४ घण्टे अल्टिमेटम

  • चैत १३, २०७९
  • १०८० पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा, १३ चैत। रामप्रताप रामप्रसाद तामाङ्ग जनता क्याम्पसले स्ववियु निर्वाचनको सम्वन्धमा कुनै चासो नदेखाएको भन्दै विद्यार्थीहरुले २४ घण्टे अल्टिमेटम दिएको छ। विभिन्न विद्यार्थी संगठनहरुले आज एक प्रेस विज्ञप्ती जारी गर्दै भोली मंगलबार विहान ७ बजेभित्र निर्वाचनको विषयमा निर्णय नलिए आन्दोलनमा जान बाध्ये हुने भन्दै विज्ञप्ती जारी गरेको हो।   अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी यूनियन, नेवि संघ र विद्यार्थी जनमत संघले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै तत्काल स्ववियू निर्वाचन घोणा नगरे क्याम्पस तालाबन्दि सहितको आन्दोलना उत्रन विद्यार्थी बाध्येय हुने उल्लेख गरिएको छ। विज्ञप्तीमा भनिएको छ, ‘यो क्याम्पसले स्ववियूको गरिमालाई नै बदनाम गर्ने नियतले चुनावको घोषणा नगरेको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ। पटक पटकको ज्ञापनपत्र र विद्यार्थीको अनुरोधलाई बेवास्ता गरेको छ।’   यसअघि नै क्याम्पस प्रशासनले क्याम्पस सञ्चालक समिति र क्याम्पस प्रमुको पनि समयअवधि सकिएकोले यसको टुङ्गो नलाग्दा सम्म स्ववियु निर्वाचनको प्रकृया स्थगित गरेको सूचना जारी गरेको थियो।

received_2607076346100146

प्रतिक्रिया दिनुहोस

झौवा गाउँमा एनसेलको ...

रामअधार यादव, रौतहट, भाद्र,१० गते रौतहट । कटहरिया नगरपालिका–१ अन्तर्गत झौवा गाउँमा एनसेल मोबाइ ...

विवाद अन्त्यसँगै खैर ...

ओम प्रकाश यादव लहान भदौ १० । सखुवानन्कारकट्टी गाउँपालिका–४ खैरबोनास्थित ग्राम ज्योति कृषि सहका ...

कृषक व्यवसाय पाठशाला ...

ओम प्रकाश यादव लहान, भदौ १० । किसानहरूको व्यवहारिक ज्ञान, सीप र क्षमता विकाससँगै कृषक समूहहरूको संस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१