Siraha Times
ताजा समाचार

विद्यालयका गतिविधिले सुधार्न नसक्ने भए विद्यालय व्यवस्थापनको अध्यक्ष किन बसेका छन् ????

  • माघ १०, २०७९
  • १०१३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विद्यार्थी को भविष्य  अन्धकार हुँदै  ,किन विद्यार्थी को जीवन सँग खेलबाड  गर्दै ???  , सम्बन्धित निकाय के हेरेर बसेको छ ????  

मनु यादव लहान २०७९ माघ १० गते - भगवानपुर गाउँपालिका वडा नं.३ अभयनगर स्थित श्री आधारभूत विद्यालयको पठनपाठन दुई शिक्षक र का.स भरमा हुँदै आएको छ । उनीहरुले ६ कक्षासम्मका विद्यार्थीलाई पढाउँदै आएका छन् । नेपाल–भारत सीमा नजिक रहेको उक्त विद्यालय रहेको छ। विद्यालयमा एक बालविकास सहयोगी कार्यरत छन् । शिक्षक अभावले बालविकास कक्षाका साथै कक्षा १ र २ लाई एउटै ठाउँमा राखेर पढाउने गरिएको छ । यस्तै कक्षा ३, ४ र ५ तथा कक्षा ६, का विद्यार्थीलाई एउटै ठाउँमा राखेर कक्षा सञ्चालन गर्नुपरिरहेको प्रधानाध्यापक बद्री नारायण यादवले बताए । कक्षा ६ मा २६ जना विधार्थी , कक्षा पाँच मा २४ तथा कक्षा चार २७ विद्यार्थी अध्ययनरत रहेका प्रअ यादवले बताए । विद्यार्थीलाई एउटै ठाउँमा राखेर पठाउनु परिरहेको छ”, उनले भने, “यसरी कक्षा सञ्चालन गर्दा शिक्षक र विद्यार्थीलाई असहज हुने गरेको छ, यो बाहेक हामीसित अरु उपाय छैन ।'

Open photo

विद्यालयको समस्याप्रति जानकारी हुदाहुदै गाउँपालिका शिक्षा शाखा अनविज्ञ छ । यसबारे विद्यालय, गाउँपालिका अध्यक्ष र वडाध्यक्षलाई जानकारी भएको तर पनि केही चासो छैन शिक्षा शाखा ,गाउँपालिका अध्यक्ष उग्र नारायण यादव ,र वडा अध्यक्ष बिनाेद यादव कुनै चासो न भएको शिक्षक ले बताए । विद्यालयमा चार बजेसम्म पठनपाठन कमै हुने यहाँ अध्ययनरत विद्यार्थी बताउँछन् । '१२ बजेपछि विद्यालयमा खासै पढाइ हुँदैन, त्यत्तिक्कै बसेर के गर्नु ?', कक्षा ६ का अध्ययनरत आरूषि यादव र गायत्री यादवले भनिन्, 'सबै विषयको पढाइ कहिल्यै हुँदैन ।'

Open photo

बालविकास कक्षा शिक्षिका ललिता यादवले एउटै ठाउँमा धेरै विद्यार्थी राखेर पढाउँदा पठनपाठन प्रभावकारी नहुने बताउँछिन् । 'शिक्षक अभावले तीन कक्षाका विद्यार्थी एउटै ठाउँमा राख्नुपर्ने बाध्यता छ, विद्यार्थीलाई सम्हाल्नै मुश्किल हुन्छ ।' प्रअ यादवको पनि आफ्नै समस्या छन् । 'विद्यालयकै कामले विभिन्न ठाउँमा जानुपर्ने हुन्छ, । विद्यालयमा शिक्षक मात्र होइन फर्निचरको समेत अभाव छ । 'सबै विद्यार्थीलाई बस्न बेञ्चको अभाव छ',सहायक शिक्षक नथुनी यादवले बताए ।

Open photo

Open photo

 

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१