Siraha Times
ताजा समाचार

पर्यटन क्षेत्र माणिक दह ओझेलमा निकाय मौन

  • पुस ३, २०७९
  • १३२७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल पुस ३ । मधेश प्रदेशको सिराहा जिल्लाको लहान नगरपालिका वडा नं २४ स्थित रहेको धार्मिक , सांस्कृतिक पहिचानको पर्यटकिय स्थलको रुपमा परिचित माणिक दह विकासको मूल धारबाट टाढा रहेको देखिन्छ । प्रत्येक वर्ष वैशाख १ गते बिहान ठूलो मेला लाग्ने यस ठाउँको पानीमा स्नान गरेमा सन्तानको प्राप्ति हुनुका साथै पारिवारिक शान्ति प्राप्त हुने जनविश्वास रहिआएको दह राजा सलहेसको दह मानिन्छ । विगत लामो समयदेखि राजनीतिक खिचातानीका कारण पर्यटन क्षेत्रको रूपमा रहेको यस ठाउँको विकाशमा स्थानिय निकाय मौन दर्शक बनेको हुनाले दहमा गत वैशाखमा पानी सुकेर भक्तजनहरू फोहोर र हिलो पानीमा स्नान गर्न विवस भए भने यतिबेला पोखरीको पानीमा रहेको निर्माणाधीन मन्दिरको उचित ब्यबस्थापनका अभाबको कारणले बन्न नसकेको अवस्था रहेको पाइन्छ भने मन्दिर परिसरमा दिनानु दिन जम्मा हुने फोहोरको उचित मूल्यांकन र ब्यबस्थापन अभाबको कारणले यहाँको धार्मिक स्थल ओझेलमा परेको देखिन्छ । मन्दिर पुग्नका लागि चारैतिर खोला नालाको बाटो तय गर्नुपर्ने बाध्यता रहेको यस ठाउँमा पुल पुलेशो निर्माणप्रति स्थानिय सरकार बेखवर रहेको पाईन्छ । यस ठाउँको उचित मूल्यांकन गरी पर्यटन क्षेत्रमा जोड्न सकेको खण्डमा लहान नगरपालिकामा आन्तरिक र बाहय पर्यटक आकर्षणको केन्द्र विन्दु वन्ने निश्चित देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

गाई तस्करी रोक्न खोज ...

लहान भदौ ९ । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित बलान खोला हुँदै भारततर्फ गाई ओसारपसार भइरहेको ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१