मल्हनियामा स्लो बाईक ड्राईभ प्रतियोगिता सम्पन्न

  • कार्तिक १८, २०७९
  • ९२३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल १८ कार्तिक । सप्तरी बलान बिहुल गाउँपालिका वडा नं. १ मल्हनिया बरकी टोलमा स्लो बाईक ड्राईभ प्रतियोगिता हिजो सम्पन्न भएको छ । प्रतियोगितामा अभिषेक यादव प्रथम, दिपेन्द्र साफी द्वितीय र सुरेन्द्र कुमार यादवले तृतीय स्थान हासिल गरेका छन् । प्रथम बिजेतालाई गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले नगद ३५ सय, प्रमाणपत्र र मेडल प्रदान गरेको छ । त्यसैगरी द्वितीयलाई नगद ३ हजार, प्रमाणपत्र र मेडल र तृतीयलाई नगद २५ सय, प्रमाणपत्र र मेडल प्रदान गरिएको छ । त्यसैगरी, क्लबले आयोजना गरेको सांस्कृतिक प्रतियोगिताको पनि पुरस्कार बितरण गरेको छ । कार्यक्रममा डान्सिङमा प्रथम चन्दन कुमार राम, द्वितीय करिना कुमारी, तृतीय प्रदिप कुमार राम भएका छन । बिजेताहरुलाई क्रमश प्रथम हुनेलाई नगद २५ सय , मेडल र प्रमाणपत्र, द्वितीय हुनेलाई नगद २ हजार मेडल र प्रमाणपत्र, तृतीय हुनेलाई नगद १५ सय , मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । स्पीच, सिंगिङ र कमेडी बिद्यामा पुरस्कार प्रदान गरिएको छ ।

रनिङमा प्रथम सतिस कुमार भदैसवार, द्वितिय उमेश कुमार राम र तृतीय दिपक मुखिया भएका छ्न । बिजेताहरुलाई क्रमश प्रथम हुनेलाई नगद २५ सय मेडल र प्रमाणपत्र, द्वितीय हुनेलाई नगद २ हजार मेडल र प्रमाणपत्र, तृतीय हुनेलाई नगद १५ सय मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । स्पीच, सिंगिङ र कमेडी बिद्यामा पुरस्कार प्रदान गरिएको छ । कार्यक्रम राम जानकी युवा क्लब मल्हनियाको निमित्त अध्यक्ष तोपेन्द्र यादवको अध्यक्षता तथा बलान बिहुल गाउँपालिकाको प्रमुख खेमचन्द्र यादवको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा वडा नं. १ को वडा अध्यक्ष राम कुमार यादव, जिल्ला स्वास्थ्य प्रमुख दुनियालाल यादव, पुर्व गाबिस अध्यक्ष अरुण कुमार गोईत, पुर्व जिसिअ गंगाराम यादव, जसपा नेता अरबिन्द सल्हैता, समाजसेवी दिगम्बर यादव लगायतको रहेको थियो । कार्यक्रमको व्यवस्थापन गजेन्द्र नारायण यादवले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

लहान–२३ मा साक्षर वड ...

ओम प्रकाश यादव लहान पुष ११ । लहान नगरपालिका–२३ स्थित मिथिला सामुदायिक सिकाइ केन्द्रको आयोजनामा ...

एन.सि.सि. अल्मुनाई ए ...

ओम प्रकाश यादव लहान पुष १० । “अनुशासन नै राष्ट्रिय सेवाको मूल जग हो” भन्ने मूल नाराका सा ...

मापदण्ड विपरीत रासाय ...

रहमुल, लहान ९ पुस । सुक्खा खडेरी व्यवस्थापन, खाद्य सुरक्षा तथा जलवायु सहनशीलता अभिवृद्धिका लागि बाली ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१