वर्षाका कारण बस्ति तथा बाली डुवानमा

  • असोज २२, २०७९
  • १०३३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल असाेज २२ । मौसम बदलावसँगै परेको अविरल वर्षाका कारण घर तथा धान बाली डुवानमा परेका छन् । समयमा पानी नपर्दा आम किसानले सास्ति भोग्दै कष्टपूर्ण तरिकाबाट बोरिङ र अन्य तवरले आफ्ना खेतमा लगाएका कृषिजन्य बालीहरू अविरल वर्षाका कारण डुवानमा पर्दा स्थानिय किसानहरू चिन्तित बनेका छन् । नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नं १ शंकरपुर र सरावलको खडौंना, रामपुर लगायतको भूभागहरू डुवानमा परेका छन् । उक्त ठाउँमाहरुमा रहेकाे बस्तीहरू एकातिर डुवानमा परेको छ भने अर्कोतिर स्थानिय किसानहरूले लगाएको धानबाली डुवानमा परेर नष्ट हुने प्रवल सम्भावना रहेको अवस्थामा पाल्हिनन्दन गाउँपालिकाकी कार्यबाहक अध्यक्ष फातुमा खातुन अन्सारी लगायतको टोलीले क्षतिको स्थलगत अनुगमन तथा मूल्यांकन गर्नू भएको छ । स्थानिय बस्तीहरूमा पानी पसेर आवात जावतमा कठिनाई उत्पन्न हुनुको साथै आम किसानको धानबाली नष्ट हुने सम्भावना बढेको अवस्था रहेको पाइन्छ । वर्षेनी वर्षाको पानीले दुःख दिँदा पनि पानीको उचित निकास नहुनु चिन्ताको विषय बनेको अवस्थामा यसरी पानीले बस्ती र बालीमा असर पुगाउने वातावरण रहिरह्यो भने आम किसानले उब्जाएको धान बाली डुवानबाट जोगाउन नसक्ने अवस्था प्रती स्थानहरूले चिन्ता ब्यक्त गरेका हुन् । श्रोत सामाजिक सञ्जाल फेसबुकबाट

प्रतिक्रिया दिनुहोस

व्यवस्थापन समितिको व ...

रहमुल, लहान ५ पुस । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका २ मा रहेको श्री म. ज. मा. वि. सोठिआइनको व्यव ...

लहानका कृषक यादवको प ...

मनोज बनैता लहान, पुष ५ । लहान नगरपालिका–२० ब्रमाहन गोर्छारीका ४० वर्षीय रुपेश यादवले परम्परागत ...

२८ बुँदे माँग सहित ज ...

रहमुल, सिरहा ४ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सिरहाले २८ बुँदे मुख्य माँग सहित विभिन्न राष ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१