Siraha Times
ताजा समाचार

वर्षाका कारण बस्ति तथा बाली डुवानमा

  • असोज २२, २०७९
  • ११२९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल असाेज २२ । मौसम बदलावसँगै परेको अविरल वर्षाका कारण घर तथा धान बाली डुवानमा परेका छन् । समयमा पानी नपर्दा आम किसानले सास्ति भोग्दै कष्टपूर्ण तरिकाबाट बोरिङ र अन्य तवरले आफ्ना खेतमा लगाएका कृषिजन्य बालीहरू अविरल वर्षाका कारण डुवानमा पर्दा स्थानिय किसानहरू चिन्तित बनेका छन् । नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नं १ शंकरपुर र सरावलको खडौंना, रामपुर लगायतको भूभागहरू डुवानमा परेका छन् । उक्त ठाउँमाहरुमा रहेकाे बस्तीहरू एकातिर डुवानमा परेको छ भने अर्कोतिर स्थानिय किसानहरूले लगाएको धानबाली डुवानमा परेर नष्ट हुने प्रवल सम्भावना रहेको अवस्थामा पाल्हिनन्दन गाउँपालिकाकी कार्यबाहक अध्यक्ष फातुमा खातुन अन्सारी लगायतको टोलीले क्षतिको स्थलगत अनुगमन तथा मूल्यांकन गर्नू भएको छ । स्थानिय बस्तीहरूमा पानी पसेर आवात जावतमा कठिनाई उत्पन्न हुनुको साथै आम किसानको धानबाली नष्ट हुने सम्भावना बढेको अवस्था रहेको पाइन्छ । वर्षेनी वर्षाको पानीले दुःख दिँदा पनि पानीको उचित निकास नहुनु चिन्ताको विषय बनेको अवस्थामा यसरी पानीले बस्ती र बालीमा असर पुगाउने वातावरण रहिरह्यो भने आम किसानले उब्जाएको धान बाली डुवानबाट जोगाउन नसक्ने अवस्था प्रती स्थानहरूले चिन्ता ब्यक्त गरेका हुन् । श्रोत सामाजिक सञ्जाल फेसबुकबाट

प्रतिक्रिया दिनुहोस

सिरहा भन्सार कार्याल ...

ओम प्रकाश यादव लहान, जेठ ४ । सिरहा जिल्लाको खैरटोकास्थित सिरहा भन्सार कार्यालयको मूल गेट अगाडि आइतबा ...

दाँत एवम् मुख रोग सम ...

प्रिन्स मिश्रा कपिलवस्तु जेष्ठ ४ । कृष्णनगर,कपिलवस्तु जिल्लाको कृष्णनगर सँग नजिकै रहेको बजार भारतको ...

सुरक्षित शौचालय निर् ...

रहमुल लहान, ४ जेठ । सिरहाको लहान नगरपालिकामा सुरक्षित तथा न्यूनतम लागतमा शौचालय निर्माणलाई प्रवर्द्ध ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१