ताजा समाचार

कृष्णनगरको मूर्ति विसर्जन शान्तिपूर्ण तरिकाले सम्पन्न

  • असोज २०, २०७९
  • ९७० पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, असोज २० जिल्लाको कृष्णनगर लगायत विभिन्न स्थानमा माता दुर्गा भवानी को मूर्ति विजया दशमीको दिन प्रहरीको कडा सुरक्षाको साथ नदी, ताल र पोखरीमा मूर्ति विसर्जन गरिएको छ । कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाहको अगुवाईमा आज कृष्णनगर बजारको मूर्ति विसर्जन शान्तिपूर्ण तरिकाले कडा सुरक्षाका साथ मूर्ति विसर्जन गरिएको छ l आज मौसम प्रतिकूल भए पनि भक्तजन हरू नाचगानका साथ मूर्ति लाई कृष्णनगर बजार परिक्रमा गराई मूर्ति विसर्जन गरेका छन् l पानी परीरहदा समेत भक्तजन हरूको उत्साहजनक सहभागिता रहेको देखियो l दुर्गा माता , गणेश भगवान् , लक्ष्मी माता , सरस्वती माता र राक्षस लगायतको मूर्ति निर्माण गरेर नौ दिन सम्म धर्मशास्त्र अनुसार पुजापाठ गरी विजया दशमी को दिन आज मूर्ति विसर्जन गरिएको हो ।

तराई मधेसमा खास गरेर हिन्दु धर्मावलम्बीहरूले दुर्गा माता को विशेष पूजापाठ , नौ दिन व्रत बसेर , र पूजापाठ गरेर हिन्दु धर्मावलम्बीहरू को महान् चाड को रूपमा मनाउने परम्परा पहिले देखि चली आएको पाइन्छ । कृष्णनगरमा बजारमा रहेका २८ स्थानका मूर्ति मध्ये बजार क्षेत्र हुदै जाने १८ स्थानका मूर्तिहरु रहेको तथा आफूहरु सुरक्षा दिइ शान्तिपूर्वक मूर्ति विसर्जन भएको जानकारी ईलाका प्रहरी कार्यालय कृष्णनगर प्रमुख शैलेन्द्र पाण्डेले जानकारी दिए l कृष्णनगमा मूर्ति विसर्जनको क्रममा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र लगायत जिल्ला सुरक्षा समितिका पदाधिकारी समेतको उपस्थितव तथा वडाध्यक्ष कृष्ण कुमार गुप्ता, नेपाल प्रहरी , सशस्त्र प्रहरी, जनप्रतिनिधि , समाजसेवी , बुद्धिजीवी ,हिन्दु भक्तजन हरुको वृहत सहभागितामा मूर्ति विसर्जन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

बोदेबर्साइनमा जसपा न ...

रहमुल, सप्तरी, ११ कार्तिक । सप्तरीको बोदेबर्साइन नगरपालिका–९ सोबरनपट्टीमा विभिन्न राजनीतिक दल ...

सप्तरीको सीमावर्ती क ...

रहमुल, सप्तरी ११ कात्तिक । सप्तरीको बलान बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीस्थित नेपाल– ...

सातौ मेयर गोल्डकप–२० ...

ओम प्रकाश यादव लहान, कार्तिक ९ । सप्तरीमा कार्तिक १ गतेदेखि सञ्चालन भएको ‘सातौ मेयर गोल्ड ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤