Siraha Times
ताजा समाचार

धनुषाको बिरेन्द्रबजारमा गाड़ी दुर्घटना

  • साउन २३, २०७९
  • १२४५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल साउन २३ । मधेश प्रदेशको धनुषा जिल्ला स्थित गणेशमान चारनाथ नगरपालिका नजिक वडा न -१ वीरेन्द्र बजारको गोलघर नजिक पुर्ब पश्चिम राजमार्गमा अग्नि यातायातको गाड़ी दुर्घटनामा परेका छन् । काठमाण्डौबाट काकडभिट्टा गैरहेको अग्नि यातायातको ३०१-००५  ख ९७१९  नम्बरको सुपर अग्नि नाईट बस दुर्घटना हुँदा ३३ यात्रु सबार बसको दुर्घटनामा परी १५ जना समान्य घाईते र ५ जना गम्भीर घाइते भएका छन् । गम्भीर घाईतेलाई प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको ईलाका प्रहरी कार्यलय भरतपुर धनुषा का प्रहरी नायक निरीक्षक मनोज कर्णले जानकारी दिएका छन् । काठमान्डौबाट हिँडेका उक्त बस बिहान करिब ४:०० बजेकाे समयमा दुर्घटनामा परेको थियो । बाकि यात्रु सकुशल घर पुगेका छन।

प्रतिक्रिया दिनुहोस

लहानमा सामुदायिक सिक ...

सन्जय विश्वकर्मा लहान २७ । सिरहाको लहानमा आजदेखि स्थानीय तह सामुदायिक सिकाइ केन्द्र वैकल्पिक शिक्षा, ...

१३ दिनदेखि बेपत्ता व ...

रहमुल, महोत्तरी, २६ भदौ । महोत्तरीमा १३ दिनदेखि बेपत्ता रहेका २५ वर्षीय युवकको शव घरको शौचालयको सेफ् ...

अस्पतालको छेउमै सडकप ...

रहमुल, लहान, २६ भदौ । सुत्केरी बेथा लागेपछि उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल प ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१