विनोद मण्डल साउन २३ । मधेश प्रदेशको धनुषा जिल्ला स्थित गणेशमान चारनाथ नगरपालिका नजिक वडा न -१ वीरेन्द्र बजारको गोलघर नजिक पुर्ब पश्चिम राजमार्गमा अग्नि यातायातको गाड़ी दुर्घटनामा परेका छन् । काठमाण्डौबाट काकडभिट्टा गैरहेको अग्नि यातायातको ३०१-००५ ख ९७१९ नम्बरको सुपर अग्नि नाईट बस दुर्घटना हुँदा ३३ यात्रु सबार बसको दुर्घटनामा परी १५ जना समान्य घाईते र ५ जना गम्भीर घाइते भएका छन् । गम्भीर घाईतेलाई प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको ईलाका प्रहरी कार्यलय भरतपुर धनुषा का प्रहरी नायक निरीक्षक मनोज कर्णले जानकारी दिएका छन् । काठमान्डौबाट हिँडेका उक्त बस बिहान करिब ४:०० बजेकाे समयमा दुर्घटनामा परेको थियो । बाकि यात्रु सकुशल घर पुगेका छन।
प्रतिक्रिया दिनुहोस
खडक नगरपालिकामा हेल्पिङ हार्टको सहयोग : १,२०० भन्दा बढी परिवार लाभान्वित, वडा नं. ६ का अध्यक्षको विशेष पहल
सखुवानन्कारकट्टीमा शिक्षा क्षेत्रको करिब ३ करोड बजेट फ्रिज, राजनीतिक खिचातानीले शैक्षिक सुधार प्रभावित भएको आरोप
बोदेबर्साइनमा जसपा नेपालको शक्ति प्रदर्शन, विभिन्न पार्टी परित्याग गरी नेता–कार्यकर्ता पार्टी प्रवेश
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved