‘स्यानी २ राजा रानी’ तीज गीतले चर्चा बटुल्दै (भिडियोसहित)

  • श्रावण १९, २०७९
  • ६२३ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं : नेपाली हिन्दु महिलाहरूको महान चाड हरितालिका तीजको रौनक सहर–बजार मात्र होइन गाउँ–गाउँमा पनि फैलिन लागेको छ । यो पर्वमा महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमानको दीर्घायुको कामना गर्दै व्रत बस्छन् । यद्यपि समयसँगै संस्कार र संस्कृतिमा निकै परिवर्तन आएपनि यसको महत्वमा कुनै कमी देखिँदैन । नेपाली जनजीवनको सामाजिक, धार्मिक, सांस्कृतिक आदि व्यक्त गर्ने यो पर्वले नेपाली महिलाहरूको इतिहासलाई बोकेको छ । हिजोआज तीज भड्किलो हुँदैछ भने तीजको नाममा विभिन्न गीत सङ्गीत पनि बन्ने गरेका छन् । तीज गीतहरूमा विशेष गरी महिलाका दुःख पिडा व्यक्त गर्ने प्रचलन छ तर आजकल ब्यवसायिक तीज गीतले विभिन्न कोण तथा कथालाई उठान पनि गर्ने गरेका छन् ।

 यही पर्वलाई लक्षित गर्दै भर्खरै ‘स्यानी २ राजा रानी’ बजारमा आएको छ । स्यानी २ मा विवाहित जोडीको कथालाई उठाइएको छ । घरमा बुढीको राजा बनेर बाहिर साझा बन्ने र घरमा बुढाको रानी भएपनि बाहिर स्यानी बन्ने प्रवृत्ति माथि घुमाउरो व्यंगात्मक शैली गीतले बोलेको छ । भिडियोमार्फत राजा रानी घरमा मात्र हुनु पर्ने सन्देश दिइएको छ । चर्चित सर्जक केशव पौडेलले लेखेका शब्दहरूलाई खेम पुनले लयबद्ध गरेका हुन् । चर्चित गायक तथा सर्जक रबिन लामिछाने र अमृता श्रीपालको स्वरमा सजिएको गीतको सङ्गीत संयोजन विश्वास नेपालले गरेका हुन् । यस पटक आफ्नै तीज गीतमा बाहेक अन्य गीतमा नदेखिएका दुर्गेश भने स्यानीमा धमाकेदार रूपमा देखिएका छन् । दुर्गेशसँगै भिडियोमा रबिना भण्डारीले कम्मर मर्काएकी छिन् । उनीहरूलाई कोरियोग्राफर तथा निर्देशक प्रवीण थापाले नृत्य तथा अभिनय गराएका छन् भने भिडियोको निर्देशन पनि थापाले नै गरेका हुन् । बाबा इन्टरटेनमेन्ट टिभीमार्फत युट्युब प्लेटफर्ममा सार्वजनिक भिडियोको निर्माण वैदेशिक रोजगारीका सिलसिलामा कतारमा कार्यरत पत्रकार तिलु शर्मा पौडेलले गरेका हुन् । स्यानीको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् भने प्रवीण भट्टले सम्पादन गरेका छन् । गीतको भिडियोलाई निकै रुचाइएको छ भने गीतको थेगो चर्चित हुँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस

मधेशमा लगानी गर्न उद ...

लाहान बैशाख ११ । मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशमा लगानी गर्न उद्योगी व्यवसायीहरुलाई आह्वा ...

लहानलाइ उपमहानगरपालि ...

बिरेन्द्र प्रसाद नेपाल लहान,बैशाख । देशकै ठुलो नगरपालिका भएकोले लहानलाइ उपमहानगरपालिका बनाउनुपर्ने ल ...

समुदाय - प्रहरी साझे ...

रहमुल लहान १० बैशाख । अस्ति ७ बैशाखमा सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका ४ सखुवा अधारभुत बिधालयमा ह ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१