‘स्यानी २ राजा रानी’ तीज गीतले चर्चा बटुल्दै (भिडियोसहित)

  • साउन १९, २०७९
  • ८४५ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं : नेपाली हिन्दु महिलाहरूको महान चाड हरितालिका तीजको रौनक सहर–बजार मात्र होइन गाउँ–गाउँमा पनि फैलिन लागेको छ । यो पर्वमा महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमानको दीर्घायुको कामना गर्दै व्रत बस्छन् । यद्यपि समयसँगै संस्कार र संस्कृतिमा निकै परिवर्तन आएपनि यसको महत्वमा कुनै कमी देखिँदैन । नेपाली जनजीवनको सामाजिक, धार्मिक, सांस्कृतिक आदि व्यक्त गर्ने यो पर्वले नेपाली महिलाहरूको इतिहासलाई बोकेको छ । हिजोआज तीज भड्किलो हुँदैछ भने तीजको नाममा विभिन्न गीत सङ्गीत पनि बन्ने गरेका छन् । तीज गीतहरूमा विशेष गरी महिलाका दुःख पिडा व्यक्त गर्ने प्रचलन छ तर आजकल ब्यवसायिक तीज गीतले विभिन्न कोण तथा कथालाई उठान पनि गर्ने गरेका छन् ।

 यही पर्वलाई लक्षित गर्दै भर्खरै ‘स्यानी २ राजा रानी’ बजारमा आएको छ । स्यानी २ मा विवाहित जोडीको कथालाई उठाइएको छ । घरमा बुढीको राजा बनेर बाहिर साझा बन्ने र घरमा बुढाको रानी भएपनि बाहिर स्यानी बन्ने प्रवृत्ति माथि घुमाउरो व्यंगात्मक शैली गीतले बोलेको छ । भिडियोमार्फत राजा रानी घरमा मात्र हुनु पर्ने सन्देश दिइएको छ । चर्चित सर्जक केशव पौडेलले लेखेका शब्दहरूलाई खेम पुनले लयबद्ध गरेका हुन् । चर्चित गायक तथा सर्जक रबिन लामिछाने र अमृता श्रीपालको स्वरमा सजिएको गीतको सङ्गीत संयोजन विश्वास नेपालले गरेका हुन् । यस पटक आफ्नै तीज गीतमा बाहेक अन्य गीतमा नदेखिएका दुर्गेश भने स्यानीमा धमाकेदार रूपमा देखिएका छन् । दुर्गेशसँगै भिडियोमा रबिना भण्डारीले कम्मर मर्काएकी छिन् । उनीहरूलाई कोरियोग्राफर तथा निर्देशक प्रवीण थापाले नृत्य तथा अभिनय गराएका छन् भने भिडियोको निर्देशन पनि थापाले नै गरेका हुन् । बाबा इन्टरटेनमेन्ट टिभीमार्फत युट्युब प्लेटफर्ममा सार्वजनिक भिडियोको निर्माण वैदेशिक रोजगारीका सिलसिलामा कतारमा कार्यरत पत्रकार तिलु शर्मा पौडेलले गरेका हुन् । स्यानीको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् भने प्रवीण भट्टले सम्पादन गरेका छन् । गीतको भिडियोलाई निकै रुचाइएको छ भने गीतको थेगो चर्चित हुँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस

द्वन्द्व प्रभावित ना ...

रहमुल, लहान, २० चैत्र । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा द्वन्द्व प्रभावित नागरिकहरूका ...

स्थानीय तहमा वित्तीय ...

लहान चैत २० । नेपाल सरकारबाट स्थानीय सरकारलाई गरिने वित्तीय हस्तान्तरणलाई अझ प्रभावकारी, पारदर्शी र ...

सहकारी दिवसको अवसरमा ...

वीरगंज २० चैत। ६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा को–अपरेटिभ म्यानेजर्स क्लब, पर्सा (सीएमसी)ल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१