Siraha Times
ताजा समाचार

अश्लील गायकलाई नियन्त्रणमा लिन मधेश चलचित्र विकास बोर्ड संग संचारकर्मी वेदर्दीको आग्रह

  • साउन १८, २०७९
  • १४२४ पटक पढिएको
  • रामएकवाल राम
alt

राजविराज  - साहित्य, सङ्गीत, संचार र राजनीति क्षेत्रको प्रखर युवा गीतकार, साहित्यकार , संचारकर्मी एवं विद्यार्थी नेता विद्यानन्द वेदर्दीद्वारा आफ्नो सामाजिक संजाल फेसबुकमा लेखेका स्टाट्स अहिले चर्चामा आएको छ। वेदर्दीले लेखेका छन्। " मधेशकी 'बेटी' हरू लाई तेस्रो दर्जाको गायकद्वारा गीतले र गीतमा नै बारम्बार बलात्कार कहिले सम्म ? यसका नियन्त्रणका लागि मधेश सरकार र मधेश चलचित्र विकास बोर्डको कुनै भूमिका छैन ? साङ्गीतिक दृष्टिकोणले पावन मिथिलालाई अब अश्लील मधेश भन्न मिल्छ ? मुद्दा हालेरै त्यस्तालाई नियन्त्रण गर्न सकिन्छ भने हामी मधेशका संवेदनशील युवा र सामाजिक कार्यकर्ताहरू तैयार छौँ ।

" पाँच वर्ष देखि अश्लील गीत निर्माण र बजाउने कार्यमा प्रतिबन्ध र बहिष्कार अभियानमा लागेका वेदर्दीले न्यूज ब्यूरो संग कुरा गर्दै भने, " हुन त सङ्गीत र सिने क्षेत्रमा यूट्यूब मार्फत यी अश्लील र दुई अर्थी गीत निर्माण जस्ता घृणित कार्यहरू मैथिली क्षेत्रमा ठ्याक्कै ३ वर्ष देखि भई रहेको छ तर अहिले भयावह रूप लिई सकेको अवस्था छ। यसलाई अब पनि रोकिएन भने मैथिली पनि 'अश्लीलताको भोजपूरीउड' को जस्तै दर्जा निश्चिय नै पाउने छ। जब कि मैथिली भाषा नेपाली, हिन्दी र भोजपुरी भाषा भन्दा सयौँ वर्ष प्राचिन भाषा रहेको छ। जसको लोक-पारम्परिक सङ्गीत देखि लिएर मौलिक सङ्गीत विश्वमा नै लोकप्रिय रहेको छ। मैथिली एक समयको राज्य भाषा पनि रहेको थियो। यसका विशिष्टता र विशेषता बारेमा खासै भनि राख्नु पर्दैन।

यी अश्लील र अभद्र कनटेन्टहरूको बाजारीकरणले गर्दा भाषाको मधुरता मर्ने र हामीलाई विश्व माझ चिनाउने संस्कार र सर्वसाधारण जनताको नैतिकता र मानसिकता अझै निम्न स्तर हुने प्रचुर सम्भवना छ। यति बेला मैथिली सङ्गीत उद्योगमा यस घृणित कार्यलाई संकट नै मान्नु पर्छ। अहिले मिथिला-मधेशमा टेक्निकल संसारमा यूट्यूब देखि टिकटॅक र ग्रामीण ग्राउण्डमा डिजे देखि हर्न सम्ममा प्यारोडी त प्यारोडी तर ९०% मैथिलीका अश्लील र दुई अर्थी गीतहरू बजी रहेको अवस्था छ। यसले गर्दा सबैभन्दा बढ़ि बालबालिकामा मनोवैज्ञानिक असर गतिलो रूपमा बढ़ि रहेको देखिन्छ। ३-४ वर्षका बच्चाले पनि ती गन्दगी भरेका गीतहरू दिनहुँ गुनगुनाई रहेका देखिन्छन्। गीतमा आफ्नो प्रेमिका, अरूको बहिनी, बुहारी, काकी, आफ्नो भाउजू र मधेशका बेटीहरूको नामहरू राखेर यौनी देखि यौन सम्मका कुराहरू खुलस्त रूपमा सुन्न र देख्न सकिन्छ। अलिकति पनि चेतनशील श्रोतालाई आफ्नै भाषा र आफ्नै गाउँ-ठाउँको कलाकार प्रति घृणा जाग्ने सम्मको अनूभुती हुन सक्छ। यसता कार्यहरू आफूमै लज्जास्पद हो र मधेश बाहिर बसेका मधेशीहरूको लागि पनि आत्मसम्मानको दृष्टिकोणले Minus Point हुन गएको छ। यो हुनु स्वभाविक रूप पनि हो। किनभने गीत-सङ्गीत र सिनेले नै कुनै क्षेत्रको संस्कार र परिवेशलाई झल्काउने गर्दछ।

मधेश चलचित्र विकास बोर्डले गर्नु पर्ने कार्यहरू के हुन् त ? चलचित्र र सङ्गीतको संरक्षण-संवर्धनको लागि विनियोजित बजेटको जन-स्तरमा कतिको सदुपयोग भई रहेको छ त? सित्तैमा भत्ता खाने कार्य त भई रहेको त छैनन् नि ? नेपालकै चलचित्र विकास बोर्डका अध्यक्ष धर्मेन्द्र मरबैताकै अध्यक्षतामा मधेश चलचित्र विकास बोर्ड गठन भएको हो। जब मरबैताकै कार्यकालमा यो दूषकार्य नियन्त्रण भएन भने विशाल रूप लिने निश्चय नै छ। बरू एक-दुईवटा तेस्रो दर्जाका गायकलाई कार्यवाही गरेर वा नियन्त्रणमा लिएर जब मैथिली फिल्म उद्योगको हालको मैलो मुहार सफा हुन सक्छ र मैथिलीको मौलिकता, अस्मिता, मधुरता र स्तरियता बच्न सक्छ भने यस्ता शुभ कार्य किन नगर्ने हो ? " भन्दै चलचित्र विकास बोर्डलाई खूल्ला रूपमा आग्रह गरेका छन्, मधेश प्रदेशका मुख्य मन्त्री लाल बाबू राउतलाई ध्यानाकर्षण पत्र दिने र सबै सामाजिक अभियन्ताहरूले सहयोग गरे यसको लागि कानुनी रूपमा पनि जाने बताएका छन्।

प्रतिक्रिया दिनुहोस

भगवानपुर सबस्टेसन बा ...

रहमुल,लहान १ साउन । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित नेपाल विद्युत् प्राधिकरणको भगवानपुर सब ...

दैनिक ज्यालादारी कर् ...

रामअधार यादव, रौतहट, साउन १  । पूर्वाधार विकास कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/०८३ मा दैनिक ज ...

अनुदान भुक्तानीमा सह ...

रामअधार यादव, रौतहट, १ साउन । सरकारी उखु अनुदान रकम भुक्तानीमा भएको ढिलाइपछि आन्दोलनमा उत्रिएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१