Siraha Times
ताजा समाचार

ढकियामे नागरिकताको टिम सिरहामा आज दिउँसो ३ बजे नाटक प्रदर्शन हुने

  • साउन १८, २०७९
  • १२०७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नरेशचन्द्र बरबरिया सिरहा ,साउन १८ गते । नागरिकता अभावमा वर्षौंदेखि लाखौं नागरिकले झेल्नुपरेको पीडा देखाउने नाटक ‘ढकियामे नागरिकता’ आज सिरहा पुस्तकालयमा प्रदर्शन हुदै छ । कलाकार सरिता साहद्वारा लिखित तथा निर्देशित नाटक काठमाडौं,रौतहट,राजबिराज हुँदै आज सिरहामा प्रदर्शन हुनलागेको हो । सरिता फाउन्डेसन र आसमान नेपालको प्रस्तुतिमा रहेको नाटक मैथिली र नेपाली भाषामा लेखिएको छ। कानुनी जटिलता तथा मधेशका सीमा रक्षक रैथाने मधेशी भूमिपुत्रहरुलाई हेर्ने दृष्टिकोणको र गरिने व्यवहारले नागरिकता नपाउँदा खेप्नुपर्ने समस्या एवं पीडा सरल ढंगले यो नाटकमा देखाइएको छ। त्यस्तै आमाको नामबाट नागरिकता र विदेशी छोरी बिहे गरेर आउँदा समयमै नागरिकता नदिने जटिलताले निम्त्याएको समस्याको पनि चित्रण गरिएको छ। उक्त नाटक अब तराई मधेशका विभिन्न जिल्लामा मञ्चन गरिने लेखिका तथा निर्देशक सरिता साहले जानकारी दिइन । भोली (बिहिवार ) जनकपुरधामको उद्योग वाणिज्य संघमा प्रदर्शन हुने कलाकार कृष्णा महतोले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

शान्ति पुनर्स्थापना ...

कपिलवस्तु, भाद्र २२ । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूप् ...

लहानमा गर्भवती तथा स ...

रहमुल, लहान, २२ भदौ । सिरहाको लहान नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलाको पोषण अवस्था सुधार ग ...

बाढीपीडितको पीडामा म ...

रंजित चौरसिया वीरगंज २२ भदौ। रसुवा जिल्लामा हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१