Siraha Times
ताजा समाचार

नगर उप प्रमुख चौधरी द्वारा प्रथम सांस्कृतिक मिनी रमाइलो मेला कृष्णनगरको उद्घाटन

  • साउन ८, २०७९
  • ९५२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

अजय मिश्र, कृष्णनगर, साउन ८ कपिलवस्तु जिल्लाको कृष्णनगरमा प्रथम सांस्कृतिक मिनी रमाइलो मेला आज प्रमुख अतिथि कृष्णनगर नगरपालिका की नगर उप प्रमुख आरती देवी चौधरीले एक कार्यक्रमका बिच मेलाको उद्घाटन गरिएको छ l महेंद्र पार्क समिति कृष्णनगरको आयोजनामा हुन लागेको प्रथम सांस्कृतिक मिनी रमाइलो मेला कृष्णनगरको आज एक कार्यक्रमका बिच भव्य उद्घाटन गरिएको छ l कार्यक्रममा बोल्दै समाजसेवी भरत किशोर चौधरीले प्रथम सांस्कृतिक मिनी रमाइलो मेला कृष्णनगरको पहिचान गराउन सफल रहने शुभकामना दिदै सबैलाई उक्त मेला अवलोकन गर्न आग्रह गर्दै मेलाको सफलताको शुभकामना दिए l उद्घाटन कार्यक्रममा बोल्दै वडा नं २ का वडा सदस्य राहुल मोदनवालले प्रथम सांस्कृतिक मिनी रमाइलो मेला कृष्णनगर लाई भव्य र सभ्य रूपमा मनाउन सबैको साथ चाहिने बताए l प्रथम सांस्कृतिक मिनी रमाइलो मेला कृष्णनगरमा विभिन्न सांस्कृतिक प्रोग्राम हरू गर्न विभिन्न कलाकार हरू आउने तथा झुला लगायत रहने र सबैलाई मेला अवलोकन गर्न आयोजकले आग्रह गर्दै मेला लगभग एक महिना चल्ने जानकारी गराइएको छ l उद्घाटन कार्यक्रममा प्रहरी, पत्रकार, जन प्रतिनिधि, समाजसेवी, कलाकार लगायत दर्शकहरुको उपस्थित रहेको थियो l

प्रतिक्रिया दिनुहोस

शान्ति पुनर्स्थापना ...

कपिलवस्तु, भाद्र २२ । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूप् ...

लहानमा गर्भवती तथा स ...

रहमुल, लहान, २२ भदौ । सिरहाको लहान नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलाको पोषण अवस्था सुधार ग ...

बाढीपीडितको पीडामा म ...

रंजित चौरसिया वीरगंज २२ भदौ। रसुवा जिल्लामा हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१