ताजा समाचार

नगर उप प्रमुख चौधरी द्वारा प्रथम सांस्कृतिक मिनी रमाइलो मेला कृष्णनगरको उद्घाटन

  • साउन ८, २०७९
  • ९९७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

अजय मिश्र, कृष्णनगर, साउन ८ कपिलवस्तु जिल्लाको कृष्णनगरमा प्रथम सांस्कृतिक मिनी रमाइलो मेला आज प्रमुख अतिथि कृष्णनगर नगरपालिका की नगर उप प्रमुख आरती देवी चौधरीले एक कार्यक्रमका बिच मेलाको उद्घाटन गरिएको छ l महेंद्र पार्क समिति कृष्णनगरको आयोजनामा हुन लागेको प्रथम सांस्कृतिक मिनी रमाइलो मेला कृष्णनगरको आज एक कार्यक्रमका बिच भव्य उद्घाटन गरिएको छ l कार्यक्रममा बोल्दै समाजसेवी भरत किशोर चौधरीले प्रथम सांस्कृतिक मिनी रमाइलो मेला कृष्णनगरको पहिचान गराउन सफल रहने शुभकामना दिदै सबैलाई उक्त मेला अवलोकन गर्न आग्रह गर्दै मेलाको सफलताको शुभकामना दिए l उद्घाटन कार्यक्रममा बोल्दै वडा नं २ का वडा सदस्य राहुल मोदनवालले प्रथम सांस्कृतिक मिनी रमाइलो मेला कृष्णनगर लाई भव्य र सभ्य रूपमा मनाउन सबैको साथ चाहिने बताए l प्रथम सांस्कृतिक मिनी रमाइलो मेला कृष्णनगरमा विभिन्न सांस्कृतिक प्रोग्राम हरू गर्न विभिन्न कलाकार हरू आउने तथा झुला लगायत रहने र सबैलाई मेला अवलोकन गर्न आयोजकले आग्रह गर्दै मेला लगभग एक महिना चल्ने जानकारी गराइएको छ l उद्घाटन कार्यक्रममा प्रहरी, पत्रकार, जन प्रतिनिधि, समाजसेवी, कलाकार लगायत दर्शकहरुको उपस्थित रहेको थियो l

प्रतिक्रिया दिनुहोस

खडक नगरपालिकामा हेल् ...

ओम प्रकाश यादव लहान,कार्तिक ११ । सप्तरीको खडक नगरपालिकामा गरिब, असहाय, ज्येष्ठ नागरिक, एकल महिल ...

सखुवानन्कारकट्टीमा श ...

रहमुल, लहान ११ कार्तिक। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा आर्थिक वर्ष २०८२/८३ मा शिक्षा क्षेत्रक ...

बोदेबर्साइनमा जसपा न ...

रहमुल, सप्तरी, ११ कार्तिक । सप्तरीको बोदेबर्साइन नगरपालिका–९ सोबरनपट्टीमा विभिन्न राजनीतिक दल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤