यदुकूहा अस्पतालका प्रमुख मण्डल चोरेर अस्पतालको सम्पति बेच्दै, नगरपालिका बेखवर

  • साउन ६, २०७९
  • १२५४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम, ६ साउन । धनुषाको शहिदनगर नगरपालिका वडा नं. ३ यदुकूहास्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्रका निमित्त प्रमुख सुमन कुमार मण्डलले अस्पतालको समानहरु चोरेर बेच्न लागेको खुलेको छ । प्राथमिक स्वास्थ्य केन्द्र यदुकुहामा रहेको वृक्ष, टेलब, कुर्शी, दराज लगायतका अन्य समानहरु कसैलाई जानकारी नै नदिई बेच्न लागेको खुलेको छ । प्रमुख मण्डलले एक गोप्य टेन्डरको गैर–कानुनी सूचना छापेर अस्पतालको सम्पति बेच्न लागेको खुलेको छ । उनले एक कागजमा आफैँले प्रिन्ट गरेको सूचनामा सम्पतिहरु खरिद बिक्रीको लागि उल्लेख गरेको छ । टेन्डर प्रक्रिया गर्दा कुनै राष्ट्रिय पत्रिकामा वा ई–बीडमा प्रकाशन गर्नुपर्ने प्रावधान रहेपनि प्रमुख मण्डलले नगरपालिकालाई समेत कुनै जानकारी नै नदिई अस्पतालको सम्पतिहरु बेच्न लागेको खुलेको छ । स्थानीय सरकार अन्तर्गत चल्ने प्राथमिक स्वास्थ्य केन्द्र यदुकूहाले शहिदनगर नगरपालिकालाई समानहरु बिक्रीको बारेमा कुनै जानकारी नदिएको बुझिएको छ । मण्डलले आफूखुसी चोरीलुकी समानहरु बेच्न लागेको बुझिएको छ । सूचनामा उनले अस्पताल हाताभित्र रहेको सपेताको वृक्ष, कुर्शी, टेबल, दराजसहित अन्य उपकरणहरु समेत बेच्न लागेको खुलाएको छ । ३ लाख रुपैयाँमा सपेताको वृक्ष बेच्न लागेको उल्लेख छ ।

अस्पताल जस्तो क्षेत्रलाई हराभरा बनाएको सपेताको वृक्षलाई कटान गरी उनी बेच्न लागेको हो । मण्डलले कसैलाई जानकारी नदिई आफ्नो गोजीमा रकम झ्वाम्म पार्ने गरी समानहरु बेच्न थालिएको टिकाटिप्पणी गरिएको छ । साउन १० गते अस्पतालमा उपस्थिति भएर समान खरिद गर्न चाहनेलाई बोलाएको छ । यद्यपी, यसको बारेमा शहिदनगर नगरपालिकालाई नै कुनै जानकारी भने छैनन् । यस सन्दर्भमा शहिदनगरको स्वास्थ्य शाखा, प्रशासनलाई कुनै जानकारी नरहेको बुझिएको छ । सम्पति बेच्नको लागि शहिदनगर नगरपालिकाका मेयर दिनेश प्रसाद यादवले ईसारा गरेको बुझिएको छ । प्रशासनीक हिसाबले स्थानीय सरकारलाई जानकारी नै नदिई चोरीलुकी सम्पतिहरु बेच्न थालेपछि नगरपालिकाले कारवाही प्रक्रिया अगाडी बढाउने भएको छ । यस सन्दर्भमा प्रमुख मण्डलसँग सम्पर्क गर्न खोज्दा सम्पर्क भने हुन सकेनन् ।

प्रतिक्रिया दिनुहोस

खुशीलाल उ. ज. आ.बि.म ...

रहमुल लहान २५ कार्तिक । सिरहाको भगवानपुर गाउँपालिका–१, कल्याणपुरस्थित श्री खुशीलाल उचितलाल जनत ...

मधेश प्रदेशको अस्मित ...

कार्तिक २४ । ‎मधेश प्रदेशमा संविधान र संघीयताको भावना विपरीत गैरसंवैधानिक कदम चालिएको भन्दै जनता ...

जिल्ला जनस्वास्थ्य क ...

रहमुल लहान, २४ कात्तिक । जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले आ.व. २०८१/८२ को वार्षिक समीक्षा गोष्ठी ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१