Siraha Times
ताजा समाचार

शहिद नगरमा अन्तर्घातको आरोप पुष्टी गर्न काँग्रेस नेता शत्रुधन यादवकाे चुनौती

  • असार ८, २०७९
  • २४६७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स अषाढ ८ । शहीद नगर नगरपालिकाको नेपाली काँग्रेसका मेयर पदको प्रत्याशी सुधीर गोईतले स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस शहीद नगर नगरपालिकाका पूर्व महा समिति सदस्य एवम् वर्तमान महाधिवेशन प्रतिनिधि शत्रुधन यादवले आफूलाई अन्तर्घात गरेर हराउन सफल भएको आरोप लगाएका छन्। शहिद नगरको निर्वाचनमा मेयरका काँग्रेस उम्मेदवार सुधीर गोईतलाई हराउन अन्तर्घातको आरोप लागेका नेता शत्रुधन यादवले पुष्टी गर्न चुनौती दिएका छन्। आरोप पुष्टी भए जुनसुकै सजाय भोग्न पनि तयार भएको उनले बताएका छन्। नेता यादबले पार्टीमा आफू २०३६ साल देखी अहीले सम्म बिना लाभको पदमा रहेर काम गर्दै आएको बताएका छन्। पार्टीहित र संस्थागत निर्णयको पक्षमा वफादार भएर लागेको दाबी गर्दै अन्तर्घातको आरोप पुष्टी गर्न माग गरेका छन् ।

पार्टीको छानविनमा मेरो कुनै रौं बराबर कमजोरी फेला परेमा जुनसुकै सजाय भोग्न तयार छु। नेता यादवले आफू मेयर पदको प्रत्याशी गोईत सँगै मत मागेर जिताउन हर सम्भव प्रयास गरेका छौं तर नेता गोईतकाे आफै राजनैतिक चरित्र नरहेको स्पष्ट पारेका छन्। विगतमा नेपाली काँग्रेस पार्टीमा आबद्ध भएर पनि पार्टी हित विपरित काम गरेकाले जनताले पत्याएन तर पनि नेपाली काँग्रेस नेता कार्यकर्ताले सम्मान जनक मत दिएर आफ्नो कर्तव्य पुरा गरेका छन्।

मेयरको प्रत्याशी सुधीर गोइतले आफै विगतका निर्वाचनहरुमा पार्टी हित विपरित कार्य गरेका विभिन्न आरोप लागिएका छन्, जस्तै:- २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा नेपाली काँग्रेस उमेदवार समृती नारायण चौधरी लाई हराउन, २०७० सालको संविधान सभाको निर्वाचनमा स्वतन्त्र उमेदवार श्रवण बरबरियाकाे खुल्ला रूपमै मत मागेको र त्यसको फल स्वरूप एक वर्ष कारवाही समेत भोगेको,२०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रका उमेदवार उदय बरबरिया लाई जिताउन उसको पनि मत मागेको र एमाले नेता राम चन्द्र झा लाई पनि सहयोग गरेको आफू सँग स्पष्ट प्रमाण रहेको बताएका छन्।

नेता यादवले आफ्नो परिवारवाट मेरो दुई जना छोरा पार्टीको हितको लागि सहीद भएपनि आफू अलिकति पनि विचलित नभई निरन्तर रूपमा पार्टिमा एउटा कमाण्डरको रूपमा रहेर काम गरेका छौं। नेता यादवले आफूले मतगणना स्थलमा रहेको बेला शहीद नगर नगरपालिकाको वडा नं -६ को वडा अध्यक्ष उमेश कुमार निरालाले नेता यादवलाई सिनियरको हिसाबले सम्मान गरेको र त्यहाँ नेपाली काँग्रेसका शहीद नगर नगरपालिकाको उप प्रमुख सुनिता सिंह पनि रहेकी छिन् तर दुर्भा्यवश त्यही फोटोलाई गलत प्रचार प्रसार गरी समाजिक सञ्जालमा पोष्ट गरेर आरोप लगाएका छन् ।

नेता यादवले निर्वाचनको समयमा विरामी परेका र काठमाण्डौ वाट उपचार गराएर आएपनि तत्कालै गोईत सँगै मत माग्दै घरदैलो कार्यक्रमहरु समेत सहभागिता रहेको आफू सँग त्यसको प्रमाण रहेको बताएका छन्। बिना कारण आफ्नो चरित्र हत्या गरिएको विषयमा यसमा कुनै सत्यता नभएको बताएका छन्, साथै आफू माथि समाजिक सञ्जालमा गरिएको व्याङको औचित्य नभएको टिप्पणी गरेका छन्। नेता यादवले यसरी बिना प्रमाणको कसैको चरित्र हत्या गर्नु समाजिक एवम् कानुनी अपराध हो , अन्तमा उहाँले त्यस्तो कुनै शंका लागेको भए नगर कार्यसमितिको बैठक मार्फत छलफल गर्न आग्रह समेत गरेका छन्।

Open photo

प्रतिक्रिया दिनुहोस

लहानमा सामुदायिक सिक ...

सन्जय विश्वकर्मा लहान २७ । सिरहाको लहानमा आजदेखि स्थानीय तह सामुदायिक सिकाइ केन्द्र वैकल्पिक शिक्षा, ...

१३ दिनदेखि बेपत्ता व ...

रहमुल, महोत्तरी, २६ भदौ । महोत्तरीमा १३ दिनदेखि बेपत्ता रहेका २५ वर्षीय युवकको शव घरको शौचालयको सेफ् ...

अस्पतालको छेउमै सडकप ...

रहमुल, लहान, २६ भदौ । सुत्केरी बेथा लागेपछि उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल प ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१