विनोद मण्डल आषाढ ४ । "थाँगी भाषा , धर्म ,सांस्कृतिक बिकास प्रवर्धन हाम्रो अभियान " भन्ने मूल नाराका साथ थांगी समुदायले उभौली पर्वको रूपमा परिचित भूम्या पर्व मनाउँदै एकापसमा खुशीयाली र शुभकामना आदानप्रदान गरेका छन् । निको युगान्तकारी थाङ्गीचागु यूवा मञ्चले आयोजना गरेको कार्यक्रममा मञ्चका सचिव गौरव थाङ्गिको अध्यक्षतामा आयोजीत कार्यक्रमा प्रमुख अथिति पुर्व मन्त्री आनन्द प्रसाद पोखरेल विशेष अथिती प्रदेश ३ को एमाले पार्टीका सदस्य ठूला थाँगि रहनु भएको थियो ।
कार्यक्रमको उद्घाघाटन ठाँगी गुरु आप्पाहरुले टाके बजाएर गरेका थिए । कार्यक्रममा थाङ्गि समुदायको धर्म र संस्कृतिको जगेर्ना आजको आवश्यकता रहेको मन्त्री पोखरेलले बताए । कार्यक्रममा वक्ताहरुले बोल्दै राज्यको ध्यान थान्गी समुदायको विकासमा नपुगेको भन्दै यस समुदायको विकासको लागि राज्यले गम्भीर हुने बेला आएको बताएका छन् । कुमारी थांगी र सञ्जु थम्बुको संयुक्त उद्घोषणमा सञ्चालन गरिएको उक्त कार्यक्रममा करिब ३०० थान्गी समुदायको सहभागिता रहेको सन्तोष ठानटीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
खडक नगरपालिकामा हेल्पिङ हार्टको सहयोग : १,२०० भन्दा बढी परिवार लाभान्वित, वडा नं. ६ का अध्यक्षको विशेष पहल
सखुवानन्कारकट्टीमा शिक्षा क्षेत्रको करिब ३ करोड बजेट फ्रिज, राजनीतिक खिचातानीले शैक्षिक सुधार प्रभावित भएको आरोप
बोदेबर्साइनमा जसपा नेपालको शक्ति प्रदर्शन, विभिन्न पार्टी परित्याग गरी नेता–कार्यकर्ता पार्टी प्रवेश
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved