Siraha Times
ताजा समाचार

थाङ्गी समुदायले मनाए उभौली भुम्या पर्व

  • असार ४, २०७९
  • १६७४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल आषाढ ४ । "थाँगी भाषा , धर्म ,सांस्कृतिक बिकास प्रवर्धन हाम्रो अभियान " भन्ने मूल नाराका साथ थांगी समुदायले उभौली पर्वको रूपमा परिचित भूम्या पर्व मनाउँदै एकापसमा खुशीयाली र शुभकामना आदानप्रदान गरेका छन् । निको युगान्तकारी थाङ्गीचागु यूवा मञ्चले आयोजना गरेको कार्यक्रममा मञ्चका सचिव गौरव थाङ्गिको अध्यक्षतामा आयोजीत कार्यक्रमा प्रमुख अथिति पुर्व मन्त्री आनन्द प्रसाद पोखरेल विशेष अथिती प्रदेश ३ को एमाले पार्टीका सदस्य ठूला थाँगि रहनु भएको थियो ।

कार्यक्रमको उद्घाघाटन ठाँगी गुरु आप्पाहरुले टाके बजाएर गरेका थिए । कार्यक्रममा थाङ्गि समुदायको धर्म र संस्कृतिको जगेर्ना आजको आवश्यकता रहेको मन्त्री पोखरेलले बताए । कार्यक्रममा वक्ताहरुले बोल्दै राज्यको ध्यान थान्गी समुदायको विकासमा नपुगेको भन्दै यस समुदायको विकासको लागि राज्यले गम्भीर हुने बेला आएको बताएका छन् । कुमारी थांगी र सञ्जु थम्बुको संयुक्त उद्घोषणमा सञ्चालन गरिएको उक्त कार्यक्रममा करिब ३०० थान्गी समुदायको सहभागिता रहेको सन्तोष ठानटीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

शान्ति पुनर्स्थापना ...

कपिलवस्तु, भाद्र २२ । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूप् ...

लहानमा गर्भवती तथा स ...

रहमुल, लहान, २२ भदौ । सिरहाको लहान नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलाको पोषण अवस्था सुधार ग ...

बाढीपीडितको पीडामा म ...

रंजित चौरसिया वीरगंज २२ भदौ। रसुवा जिल्लामा हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१