ताजा समाचार

सप्तरीमा करेन्ट लागे एक जनाको मृत्यु सन नेपाल् इन्स्योरेन्स लहानद्वारा ११ लाख आर्थिक सहयोग

  • वैशाख २५, २०७९
  • ११९५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २४ बैशाख - सप्तरीको डाक्नेश्वरी नगरपालिका ५ पातो गोबिन्दपुर बस्ने बुवा मिसर खङ्ग र आमा बुधनी देवी खङ्गको ३२ वर्षिय राजेन्द्र खङ्गलाई विद्युतको लापरबाहीको कारणले गर्दा ११ हजार भोल्टको तारमा करेन्ट लागे घटना स्थलमै मृत्यु भएका छन्। ग्रामिण भेगमा विद्युत प्राधिकरण सप्तरीले ११ हजार भोल्ट भएको करेन्टको तार भुइँ भन्दा थोरै नजिकै भएकोले युवाको गाउँमै करेन्ट लागेर मृत्यु भएको स्थानीयले बताए।खङ्गलाई एक श्रीमती र एक छोरा र ३ छोरी रहेका छन्।घरको आर्थिक अवस्था निकै कमजोर रहेको स्थानीयको भनाई छ्।

मृतकको श्रीमतीलाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लहान शखाको प्रबन्धक उपेन्द्र नारायण महतोले बिमालेख नम्बर FE1000079894 भएको र बिमा जारी मिती २०२१/४/१५ गते वैदेशिक रोजगार बिमा र साउदी अरेबियाको लागी श्रम गराएका थिए। खङ्गलाई करेन्ट लागेको भोलिपल्ट नै उनलेे साउदी अरेबियाको लागी चाईना नेशनल केमीकल इन्जिनियरिङ कन्ट्रक्सन कम्पनी लिमिटेडमा स्किल आईरनलेवरमा वैदेशिक रोजगारको लागी श्रम गराएका थिए। उनलाई स्वदेशमै मृत्यु भएको थियो। मृतक परिवारलाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शखाको प्रबन्धक उपेन्द्र नारायण महतोले आर्थिक सहयोग स्वरुप ११ लाख सहयोग गरेका छन्।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤