Siraha Times
ताजा समाचार

सिराहाको पतारी पोखरीमा डुबुल्की लगाई नि:सन्तानलाई सन्तान प्राप्तिको लागि मेला

  • वैशाख १, २०७९
  • १८८८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुनदेव सरदार/सिरहा/बैशाख २ गते। सिरहाको दक्षिणी सिमावर्ती राजमार्ग देखी १० किलोमिटरमा पर्ने लक्ष्मीपुर- पतारी गाउँपालिकामा आज पतारी मेलाको आयोजना भएको छ। उक्त मेलामा नि:सन्तान अर्थात बाँझ महिलाहरूले आज सिरहाको पतारी पोखरीमा डुबुल्की लगाई नि:सन्तानलाई सन्तान प्राप्तिको लागि मेला लागिएको हो । प्रत्येक वर्ष बैशाख २ गतेका दिन लाग्ने मेलामा श्रद्धालु एवंम वर्तालु महिलाहरुले पतारी पोखरीमा डुवकी लगाई स्नतान प्राप्तिका लागि राजा हर शिँह देव ठाकुर ( बाबा ) सित कामना गर्नेछ । पोखरीमा डुवकी लगाउने छ, पहिलो डुवकीमा , जे आउँछ सर्प , ढुङ्गाा , माटो , डोकासितुवा इत्यादि द्वारा सन्तान प्रप्ति हुने र भइरहेको जनविश्वास रहेको छ।

Open photo

मेला प्रसिद्ध भएकाले भारतको दरभंगा , पटना , जयनगर , लदनियाँ , खुटौना सम्मको मान्छेहरुको घुईँचो रहेको छ। राजा हर शिँह देव ( बाबा ) शक्तिशाली भएकाले मेला बाहेकका दिनहरूमा मन्दिरमा पुजापाठ गर्नेहरुको भिड रहेको पुजारी बाबाले भनेका छन। धेरै दिन पहिला भाडा बर्तन निस्कन्थे , त्यहीँ भाडाबर्तनमा बैयल गाडी बालाहरुले खाना बनाएर खाएर फेरी पतारी पोखरीमा राख्थे भन्ने जनविश्वास रहेको छ। आज जुड शितल आरोग्य, शितलता र दीर्घायु जीवनका लागि ठुलोले सानोलाई टाउकोमा पानी हालेर दीर्घ जीवनको कामना गरेको छ। मिथिलाञ्चलमा आफुभन्दा कनिष्ठलाई जुडाउने उक्त पर्वले उष्णप्रदेशमा शीतलता प्राप्तिको दर्शाउँछ भने रुखविरुवामा जलप्रवाह गर्ने प्रक्रियाले वातावरण संरक्षणको सर्वकालिन आवश्यकता बोध वातावरण संरक्षणको सर्वकालिन आवश्यकता बोध उराउँछ ।

यो सँगै एक दिन चुलो बन्द गर्ने र बासी प्रकार खाने यो पर्वबाट पर्यावरण प्रतिको हाम्रो परापुर्व कालदेखी सचेततालाई प्रकट गर्छ। जुड शितलको अवसरमा म विसुन देव सरदार लोक कल्याणकारी राजा जयवद्रन सलहेशलाई स्मरण तथा नमन गर्दछु । आजदेखी एक महिनासम्म आँगनमा रोपिएको तुलसीको बोटमा पानी हाल्ने चलन छ। यसका साथै नयाँ वर्षमा अम्खोरा , गाग्री कलश लगायतका भाडामा राखिएको पानी , घरका जेष्ठ सदस्यले सबै घरका व्यक्तिहरुको टाउकोमा आजुरले राखेर वर्षभरि शीतलताको कामना सहित आशिर्वाद दिने चलन छ। आज शुक्रबार जुड शितल पर्वको सरकार अवसरमा सार्वजनिक विदा समेत दिइएको छ।
 

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१