Siraha Times
ताजा समाचार

पाँचौ राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२२ को मनोनयन, मैथली गायनमा सिरहाका सोनु मिश्र पनि मनोनित

  • चैत ८, २०७८
  • १४२३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

काठमाडौं, ७ चैत । ‘नेपाली हुनुमा गर्व गरौ, नेपाली कला र संस्कृतिको जगेर्ना गरौं’ भन्ने मुल नाराका साथ आयोजना हुँदै आएको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड ‘राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२२’ को उत्कृष्ट मनोनयन सार्वजनिक भएको छ । नेपालको पहिलो समावेशी अवार्डको रुपमा परिचित राष्ट्रिय समावेशी म्युजिक अवार्डको पाँचौ संस्करणको लागि उत्कृष्ट मनोनयन सार्वजनिक गरिएको हो । पावर इन्टरनेशनल मिडिया नेपालको आयोजनामा हुदै आएको समावेशी म्युजिक अवार्डमा स्वदेशगान, गजल, आधुनीक, पप, लोकपप र लोकदोहारीका साथै नेपालमा बोलीने काँठे, डेउडा, मैथली, थारु, तामाङ, नेवारी लगायत विभिन्न भाषाभाषीका गीतहरुको भव्य सहभागीता रहेको आयोजक संस्था निम नेपालका महासिचव तथा अवार्डका संयोजक कमला जोशीले जानकारी दिए । शान्ति, भाइचारा र एकताको सन्देश फैलाउने सबै भन्दा छिटो माध्यम भनेकै कला भएको कारण यस समावेशी अवार्डले पनि नेपाली संस्कृतिलाई जोगेर्ना गर्ने उदेश्यले नेपाली सहित सम्पुर्ण भाषाभाषिका कलाकार कलाकारहरुलाई एउटै मञ्च प्रदान गर्दै आइरहेको छ । हराउदै गएको नेपाली कल्चरलाई गीत संगीतका माध्यमबाट जिवित राख्न चाहाने श्रष्टा तथा सर्जकहरुलाई समावेशी म्युजिक अवार्डका माध्यमबाट प्रोत्साहन तथा सम्मान गर्दै आईरहेको संयोजक जोशीले बताएकि छन् । विभिन्न ३३ विधाका करिव एक सय ६५ जनदाबढी मोडेल तथा कलाकारहरु मनोनित भएका छन् । सिरहाका पत्रकार तथा गायक सोनु मिश्र मैथली गायनमा मनोनितभएका छन् ।

प्रतिक्रिया दिनुहोस

बाढीपीडितका लागि एनआ ...

कतार । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा आएको बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकक ...

वर्षौ देखिको अवरोध त ...

ओम प्रकाश यादव सप्तरी, भदौ १४ । सप्तरीको बलानबिहुल गाउँपालिका–६ स्थित श्री जागेश्वर गरहाइ जनता ...

स्थगित परीक्षा पुनः ...

ओम प्रकाश यादव लहान , भदौ १३ । सप्तरीको बलान बिहुल गाउँपालिका–६ स्थित जागेश्वर गरहाई जनता माध् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१