Siraha Times
ताजा समाचार

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा खानेपानी सरसफाई तथा स्वच्छता अभियान सुरु

  • चैत ८, २०७८
  • १२८६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ८ चैत - सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा खानेपानी सरसफाई तथा स्वच्छता अभियान कार्यक्रम सुरु भएको छ्।सिरहाको ३ स्थानीय तहमा पालिका स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता योजना बिकास कार्यक्रम संचालनमा रहेको छ। युनिसेफको आर्थिक सहयोग पछिल्लो समय प्रदेश नम्बर २का २० वाटा पालिकामा कार्यक्रम संचालनमा रहेको वास बिघ्य होमनाथ आचार्यले बताए। हाल मधेस प्रदेशको ३० वाटा पालिकाहरुमा कार्यक्रम संचालनमा रहेको सुचना ब्यवस्थापन बिघ्य अनुजा न्यौपानेले जानाए।सिरहाको १७ वाटा स्थानीय तह मध्ये ३ स्थानीय तह लक्ष्मीपुर पतारी गाउँपालिका,सखुवानान्कारकट्टी गाउँपालिका र नरहा गाउँपालिकामा कार्यक्रम संचालनमा रहेको छ्।

कार्यक्रममा गाउँपालिका अध्यक्ष रामवलब साह उपाध्यक्ष अशा देबी यादव, प्रमुख प्रसास्किय अधिकृत सुमित्रा लामा लेखा प्रमुख नरेश कामती,आयुर्वेद सखा प्रमुख धनिक लाल यादव,शिक्षा सखा प्रमुख रामवालक पासमन लगायत पालिका भरीका जनप्रतिनिधि र सखा प्रमुखहरुको कार्यक्रममा सहभागिता खानेपानी तथा सरसफाई कार्यक्रम अधिकृत अन्नपुर्णा मिश्राले जानकारी दिनु भयो। उक्त कार्यक्रममा आर्थिक सहयोग युनिसेफ नेपालको रहेको छ,भने प्राविधिक सहयोग छाँया नेपाल लगायतका संस्थाको रहेको छ् भने सहजीकरण तथा नेतृत्व लक्ष्मीपुर पतारी गाउँपालिकाको रहने आयोजक संस्थाले जनाए।

संस्थाको मुख्य उदेश्य भनेको एक घर एक धारा र सफा स्वच्छ गाउँ, बस्ती बनाउने योजना रहेको छ्। सुरक्षित गाउँ बस्ती निर्माण गर्न संयुक्त वाडा तथा पालिका स्तरीय खानेपानी सरसफाई तथा स्व्च्छता तथ्यांक सार्वजनिकीकरण प्रमानीकरण तथा योजना प्राथमिकीकरण र बजेट तर्जुमा सम्बन्धि एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ्।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१