Siraha Times
ताजा समाचार

११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बोदे बर्साईनमा विभिन्न कार्यक्रम

  • फागुन २४, २०७८
  • ११६२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

उमेश कुमार साह/ सप्तरी,फागुन २४ गते।सप्तरीको बोदे बर्साईन नगरपालिकामा पनि ११२ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाएकाछन् ।” महिलाको सरक्षा, सम्मान र रोजगार : समृद्ध नेपालको आधार” मूल नाराका साथ बोदे बर्साईन नगरपालिका महिला तथा बालबालिका शाखाले मनाएकाछन् । विभिन्न महिला हिंसा अन्त्य सम्बन्धि नारा लगाई बोदे बर्साईन नगरपालिका प्राङ्गनबाट निस्केको प्रभात फेरि बजार क्षेत्र परिक्रमा गरि पुन: बोदे बर्साईन नगरपालिकाको नयाँ भवनको हलमा भित्र आई सभमा प्रणत भएका थिए । उक्त कार्यक्रमको प्रमुख अतिथि बोदे बर्साईन नगरपालिकाको नगर प्रमुख आतेश कुमार सिंह यादवले भने जब सम्म छोरी बुहारीमा विभेद रहन्छ महिला हिंसा अन्तय हुदैन किनभने हामीले जति माया छोरीलाई दिन्छौं त्यति माया बुहारीलाई दिदैनाैं बुहारीलाई पनि छोरीको दर्जा दिनुपर्नेमा जोड दिए । नगर प्रमुख यादवले भने लैङ्गिक समानता, महिला सशक्तीकरण, महिला अधिकारको सुनिश्चिततामा जोड दिएर कार्यक्रम गर्न लागिएको हो । नेपालको संविधानमा मौलिक हकअन्तर्गत धारा ३८ मा महिलाको हकको व्यवस्था गरेको छ ।

राज्यका हरेक निकायमा महिलालाई समानुपातिक, समावेशी सिद्धान्तका आधारमा सहभागी हुन पाउने अधिकार सुनिश्चित गर्नुका साथै सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हकको व्यवस्था गरिएको छ । सङ्घ, प्रदेश र पालिकामा प्रतिनिधित्वसहित राज्यका हरेक निकायमा महिलाको सहभागिता बढ्दै गएको छ । महिला हिंसा तथा उत्पीडन अन्त्यका लागि विभिन्न कानुन बनेका छन् । तर महिला हिंसाका घटनामा कमी आउन सकेको छैन । सरकारले महिलामाथि हुने हिंसा तथा उत्पीडनलाई अन्त्य गर्न तथा पीडकलाई कडा सजाय गर्ने गरी ‘तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेशसहित यौनहिंसाविरुद्धका केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७ जारी गरिसकेको छ ।

सो कार्यक्रमको बिशिस्ट अतिथि बोदे बर्साईन नगरपालिकाको प्रशासकीय अधिकृत घनश्याम यादव ,इन्जिनियर अरबिन्द्र यादव , इन्जिनियर बिनोद साह ,कार्यपालिका सदस्य अमेरिका देवी मण्डल, अतिथिहरुमा वडा अध्यक्ष दिगम्बर प्रसाद यादव, नगर शिक्षा अधिकृत राम सागर यादव,ईलाका प्रहरी बोदे बर्साईनका कर्मचारी , सशस्त्र बेश क्याम्प बोदे बर्साईनका असै जय कुमार मण्डल , श्री चन्द्रा नमुना माध्यामिक बिधालय लगायत रैलीमा नगरभित्रका माध्यमिक विद्यालयका छात्र,छात्रा,महिला समूह सदस्य र कर्मचारी र स्थानियको उल्लेखनिय सहभागिता थियो । कार्यक्रमको संचालन पत्रकार उमेश कुमार साहले गरेका थिए भने कार्यक्रमको अध्यक्षता महिला तथा बालबालिका शाखा निरीक्षक कला चपाँगाईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

भगवानपुर सबस्टेसन बा ...

रहमुल,लहान १ साउन । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित नेपाल विद्युत् प्राधिकरणको भगवानपुर सब ...

दैनिक ज्यालादारी कर् ...

रामअधार यादव, रौतहट, साउन १  । पूर्वाधार विकास कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/०८३ मा दैनिक ज ...

अनुदान भुक्तानीमा सह ...

रामअधार यादव, रौतहट, १ साउन । सरकारी उखु अनुदान रकम भुक्तानीमा भएको ढिलाइपछि आन्दोलनमा उत्रिएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१