सप्तरीको करमनियाँमा शिवरात्रीको दिन भव्यरुपमा महोत्सवको उदघाटन

  • फाल्गुन १८, २०७८
  • ९१६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान १८, फाल्गुन । मधेस प्रदेशमा प्रदेश सरकारले कृषि र प्राविधिक विश्वविधालय बनाउन सफल भएको आर्थिक योजना तथा मामिला मन्त्री शैलेन्द्र प्रसाद साहले बताउनु भएको छ । ३१ करोडको कुल लागतमा निर्माणाधिन विश्वविद्यालयमा विपन्न परिवारले पनि अध्ययन गर्न पाउने ब्यबस्था गरेको मन्त्री साहले बताए । महाशिवरात्री मेला मोहत्सवको अवसरमा सप्तरीको जिल्लाको खडक नगरपालिका वडा नम्बर - ४ को अन्दु लेखी कृषि बजार करमनियाँमा ( प्रमेश्वर महादेव मन्दिरको ) उदघाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै मन्त्री साहले संघियता लागू गर्न ऎन कनुन र जनशक्तिको आभाव थियो , 'अब बिस्तारै सामाधान भैरहेको बताए ।, बिशिस्ट अतिथीको रुपमा आएका खडक नगरपालिकाका मेयर हेमायु हकले भन्नुभयो, 'हरेक जातजातिको धर्म संस्कृती जगेर्ना गर्नुपर्छ । 'भौतिक विकासले मात्र शान्ति मिल्दैन । अध्यात्मिक विकासमा शान्ति मिल्ने भएकोले सबै जातजातिको धर्म संस्कृती संरक्षण / सम्बर्द्धन गर्न आफू पछि नहट्ने प्रतिबद्धता गरे ।

फाल्गुन १६ गते देखि सुरु भएको मेला महोत्सव फाल्गुन १९ गते समापन हुने आयोजकले बताए । चार दिन सम्म चल्ने महोत्सवको पहिलो दिन हजारौंको संख्यामा कलशयात्रीहरु नगर परिक्रमा गरेका थिए । जग्गादाता चतुर नारायण चौधरीले दान गरेको नव निर्मित प्रमेश्वर महादेव मन्दिरमा शिवरात्रीको दिन शिवलिङ्ग स्थापना समेत गरिएको छ । भोलि सम्म चल्ने महोत्सवमा हिन्दु परम्परा अनुसार अष्ठयाम समेत आयोजना गरिएको स्थानीय प्रमोद चौधरीले बताउनु भएको छ । कार्यक्रममा मन्दीर निर्माणमा सहयोग गर्नुहुने सम्पुर्ण स्थानीयहरु लगायत मनकारीहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा खडक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुन्दन कुमार कर्ण , वडा नम्बर - ३ का वडा अध्यक्ष गमकलाल चैधरी ,१ का वडा अध्यक्ष सिंहेश्वर मण्डल, ४ का वडा अध्यक्ष गंगाराम चौधरी ,बजार ब्यबस्थापन समिति अध्यक्ष चन्द्रकान्त चौधरी , कर्यपालिका सदस्यहरु , आदिवासी जनजाती महासंघ प्रतिनिधि , अनुसन्धान विभाग, नापी कार्यालयका प्रमुख , प्रहरी , संचारकर्मी लगायतको उपस्तिथि रहेको थियो । जग्गादाता चतुरनारायण चौधरीको सभा अध्यक्षतामा संचालित कार्यक्रमको स्थानीय समाजसेवी प्रमोद चौधरीले उदघोष गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

प्रदेश सरकार द्वारा ...

रहमुल लहान चैत्र १५ । मधेस प्रदेश सभा सदस्यहरु माननीय राजकुमार गुप्ता, शत्रुधन प्रसाद सिंह लगायत अन् ...

जातिय छुवाछुत विरुद् ...

संजू कुमारी दास चैत्र १४ । गोलबजार नगरपालिका वडा नं. ५ मगर टोलमा जातिय छुआछुत विरुद्धको शान्ति भोज स ...

मधेश प्रदेश सरकारमा ...

जनकपुरधाम, १४ चैत । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रवक्ता डा.आभास लाभले राज्यसत्ताको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१