Siraha Times
ताजा समाचार

रौतहटको मौलापुरमा मधानी महोत्सव : भोजपुरी अभिनेता खेसारीलालले प्रस्तुती दिने

  • फागुन १७, २०७८
  • १०७१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज : महाशिवरात्रीको अवसरमा रौतहटको मौलापुरमा आयोजना हुने मधानी महोत्सवमा सहभागी हुन भोजपुरी सुपरस्टार खेसारीलाल यादव नेपाल आएका छन्। अभिनेता एवम् गायक यादव गौरको सिता प्यालेस होटलमा सोमवार राति नै पुगेका थिए। आज महोत्सवको उद्घाटन कार्यक्रममा उनले आफनो प्रस्तुति दिने कार्यक्रम रहेको छ। महोत्सवलाई लक्षित गर्दै रौतहट तथा मौलापुर नगरपालिका भरी र कार्यक्रम स्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। कार्यक्रम स्थलमा करिब ५ सय सुरक्षाकर्मी र ३ सय स्वयमसेवक खटाइएको आयोजकले जनाएको छ।एक महिना अघि सुनसरीको बुर्जु गाउँपालिकामा आयोजित खेसारीलालको कार्यक्रम सहभागी हुन नेपाल आएका उनको कार्यक्रम कोभिड १९ मापदण्डका कारण स्थगित भएको थियो। कार्यक्रम रोकिएपछि दर्शकले ४ वटा स्कार्पियो जलाएर तोडफोड समेत गरेको थिए। त्यही घटनालाई मध्यनजर गर्दै थप सुरक्षा प्रबन्ध मिलाइएको प्रहरीले जनाएको छ।

मौलापुर नगरपालिकाद्वारा विगत तीन वर्षदेखि हरेक महाशिवरात्रीकै दिन आयोजना हुँदै आएको मधानी महोत्सवमा हजारौं वर्ष पुरानो पुरातात्विक महादेव मन्दिरमा महायज्ञ समेत हुँदै आएको छ। २०७६ सालमा उक्त महायज्ञको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारी र गत वर्ष नेकपा एमालेका नेता इश्वर पोखरेलले उद्घाटन गरेका थिए। आजको महोत्सव तथा स्मार्ट सिटी मौलापुरका उद्घाटन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको थियो। तर बदलिँदो राजनीतिक परिस्थितिको कारण ओली रौतहट आउने कार्यक्रम रद्द भएको स्थानीय नेताहरुले बताएका छन्। महोत्सवमा भोजपुरी अभिनेत्री रानी चाटर्जी, राजेश हमाल, कोमल वली, सुनिल पंडित लगायतका कलाकारहरुले पनि प्रस्तुती दिने आयोजक समितिका सदस्य राजेश रौनियारले जानकारी दिए। उनका अनुसार महोत्सवमा करिब ५० लाखको खर्च लाग्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस

भगवानपुर सबस्टेसन बा ...

रहमुल,लहान १ साउन । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित नेपाल विद्युत् प्राधिकरणको भगवानपुर सब ...

दैनिक ज्यालादारी कर् ...

रामअधार यादव, रौतहट, साउन १  । पूर्वाधार विकास कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/०८३ मा दैनिक ज ...

अनुदान भुक्तानीमा सह ...

रामअधार यादव, रौतहट, १ साउन । सरकारी उखु अनुदान रकम भुक्तानीमा भएको ढिलाइपछि आन्दोलनमा उत्रिएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१