Siraha Times
ताजा समाचार

चोरीको घटनाले त्रसित भएका वीरगंजवासीलाई त्रास मुक्त बनाउने : प्रहरी उपरीक्षक बस्नेत

  • फागुन १५, २०७८
  • ४१३२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया, पर्सा १५ फागुन। मुलुककै महत्वपूर्ण र मुलुककै आर्थिक नगरी वीरगंजमा केही महिनादेखी घटदै आएको चोरीको घटना प्रति पर्सा प्रहरी आक्रमक बनेको छ । पर्सा जिल्लाको बिभिन्न ठाउहरुमा घटेको चोरीको घटनामा संलग्नहरुलाई पर्सा प्रहरीले धमाधम नियन्त्रणमा लिन थालेको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेतको कडा निर्देशनमा खटिएको क्राइम टोलीले चोरीको घटनामा संलग्नहरुलाई धमाधम पक्राउ गर्न थालेको हुन । पर्सा प्रहरीको लागी चोरीको घटना चुनौतीको रुपमा बन्दै गएको बेला प्रहरी उपरीक्षक रमेश बस्नेतको ठाडो निर्देशन पाए पश्चात जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम शाखाको टोलीले धमाधम चोरीको कार्यमा संलग्नहरुलाई नियन्त्रणमा लिन थालेका हुन ।                               

पर्सा प्रहरीको लागी मोटरसाइकल चोरी घटना चुनौतीको रुपमा बन्दै गएको थियो । तर पर्सा प्रहरी चोरीको घटना प्रति आक्रमक बने पश्चात वीरगंजको बिभिन्न ठाउहरुमा लुकी छिपि बस्दै आएका चोर गिरोहहरुलाई पक्राउ गर्न थालिएको केही घटनाले प्रमाणित समेत गरेको छ । मोटरसाइकल चोरी गरी भाग्ने क्रममा केही मोटर साइकल चोरहरुलाई पर्सा प्रहरीले केही दिन अगाडी नियन्त्रणमा लिन सफल भएको थियो । तर हाल चोर गिरोहलाई सहयोग पुरयाउने अथवा चोरीको घटनामा संलग्न हुनेहरुलाई समेत पर्सा प्रहरीले नियन्त्रणमा लिन थालिएको पर्सा प्रहरीले जनाएको छ । वीरगंजको मुर्ली, पिपरा, गहवा लगायतको बिभिन्न ठाउहरुबाट चोर गिरोहका नाइकेहरुलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

वीरगंजको बिभिन्न ठाउहरुबाट चोर गिरोहहरुलाई नियन्त्रणमा लिन थालेपछि वीरगंजको स्थानीयवासी हर्षित भएका छन । चोर गिरोहबाट आजित र त्रसित भइसकेका वीरगंजवासीले पर्सा प्रहरीको उक्त कदमबाट हर्षित हुन थालिएका हुन । यता जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेतले आफ्नो कार्यकाल भित्र चोरीको घटनालाई समाप्त नै पार्ने ठोकुवा गर्नु भयो ।उहाले अगामी दिनमा चोरीको घटनाले त्रसित भएका वीरगंजवासीलाई त्रास मुक्त बनाउने वाचाका साथ अगाडी बढेको बताउनु भयो । हाल चोरीको घटनामा संलग्न र सहयोग पुरयाउनेहरुलाई नियन्त्रणमा लिइसकेको र केही बाकीहरुलाई खोजबिन कार्य जारी राखेको समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१