प्रेमक पिचकारी’ मैथिली–नेपाली होली प्रेम–गीत सार्वजनिक,प्रेम र एकताको सन्देश दिंदै गितकार वेदर्दी

  • फागुन १०, २०७८
  • १३०५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान । मैथिली–नेपाली सङ्गीतमा होलीको नयाँ म्यूजिक भिडियो ‘प्रेमक पिचकारी’ सार्वजनिक भएको छ । गीतमा नेपाली तथा मैथिली भाषा सङ्गीत क्षेत्रमा ख्याति कमाएका गायक नितिन गजुरेल र चर्चित गायिका ज्योती विश्वकर्माको स्वर समेटिएको छ । मैथिली भाषा–सङ्गीतका युवा गीतकार विद्यानन्द वेदर्दीको शब्द रहेको यस म्युजिक भिडियोमा नेपालका ख्यातीप्राप्त अभिनेत्री तथा मोडेल अञ्जली अधिकारी र लोकप्रिय मोडल सुधीर श्रेष्ठले अभिनय गर्नुभएको छ । नितिन गजुरेलले गीतको कम्पोज र भूपेन्द्र रायमाझीले यस गीतको सङ्गीत संयोजन गर्नुभएको छ । नेपाली फिल्म उद्योगका प्रसिद्ध कोरियोग्राफर एवं निर्देशक कमल राईको निर्देशन रहेको यस गीतको बुद्ध थापाले छायाङ्कन गर्नुभएको छ । यस्तै ईडिट, कलरिङ्ग र पोस्टर डिजाइन चर्चित डिजाइनर विष्णु खड्गाले गर्नुभएको छ । भिडियोमा विद्यानन्द वेदर्दीको प्रस्तुति र पोस्ट प्रोडक्शन सफल मोसन पिक्चरको रहेको छ । यस प्रेम–गीति भिडियोमा होलीको मुल मर्म अनुसार आपसी एकताको संदेश दिने प्रयास गरिएको निर्माण पक्षले जनाएको छ । गीतमा मिथिलाको पारम्परिक जोगिराको छनक समेत समेटिएको छ । गजुरेलको मैथिली भाषाको यो तेश्रो मैथिली म्यूजिक भिडियो हो । क्यू यश आर युट्यूब चैनलबाट फागुन ७ गते यो गीत सार्वजनिक गरिएको छ । यस लिंकमा क्लिक गरेर ‘प्रेमक पिचकारी’ गीत हेर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

उत्कृष्ट कार्यको कदर ...

रहमुल, लहान २२ चैत्र । सिरहाको सिरहा नगरपालिका–१५, सुखचैनामा सञ्चालित किसान सेवा केन्द्रले स्थ ...

नेशनल मेडिकल कलेजमा ...

रंजित चौरसिया,वीरगंज २२ चैत। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंजद्वारा आयोजित ‘स्पोर् ...

महेन्द्र गेनाई प्राद ...

रहमुल, सिरहा २२ चैत्र । सिरहाको धनगढीमाई नगरपालिका–११, छपरारी बजारको उत्तरतर्फ अवस्थित महेन्द् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१