Siraha Times
ताजा समाचार

सिरहाको धनगढीमाई ५ मोथीयाईहीमा भब्य मेलाको आयोजना

  • फागुन ३, २०७८
  • १३६६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान फल्गुण ३ गते -सिरहाको धनगढीमाई नगरपालिका ५ स्थित मोथीयाहीमा प्रत्येक बर्ष फाल्गुन १ गते पुर्णिामाको दिन भब्य मेला लाग्ने गरीन्छ। प्राचीन कालदेखि उक्त स्थानमा राजदेवी सात सती दुदहा भवरी मन्दिर रहेको छ्। मानवमा हुने चमर रोग,पथरी निस्नतान,बाझोपन महिला पुरुषहरूले स्नान गरेरे मन्दिरमा पुजापाठ गरेपछि रोगहरु निको हुने धार्मिक जनबिश्वास रहेको मेला समितिको अध्यक्ष राम कुमार कामतीले बताए। प्रत्येक बर्ष फाल्गुन १ गतेदेखि मेला सुरु हुने गरीन्छ। प्रार्भ भएको दिन गाउँका धार्मिक महिलाहरुले हजारौं संख्यामा ब्रतालु महिलाहरुले पोखरी र नदि जलासयमा स्नानगरी कलस यात्रामा सहभागी हुने गरीन्छ। उक्त मन्दिरको परिसरमा निकै पुरानो पिपल र महुँवाको रुख रहेका छन्।मन्दिर नजिकै रहेको मुल पानीमा स्नान गरी पुजा अर्चा गर्दा रोगहरु निको हुने स्थानीयको बिश्वास रहेको छ। मन्दिर परिसरमा रहेको जङ्गलमा विभिन्न प्रकारको जडिबुटीहरुको बोट रहेका स्थानीय देबनारायण कामतीले बताउ छन।

मेला फाल्गुन १ गतेदेखि ४ गते सम्म्म संचालनमा रहने मन्दिरको मुल पुजारी अन्तीलाल चौधरी,जितन दास,सोभा साह, सरस्वती कामैत लगायतका पुजारीहरु रहेका छन्।मेलाको सम्पुर्ण खर्च नेपाली काङ्ग्रेसका जिल्ला सभापति तथा संबिधान सभा सदस्य राम चन्द्र यादवले मेलामा हेर्न आएका चिमेकी मुलुक भारती दर्थनार्थीहरुको लागी बस्ने खानेको ब्यवस्था गरेका हुन्। पुर्व शिक्षा मन्त्री चित्र लेखा यादवको प्रमुख आतिथ्यमा कुमाई र कल्स यात्रीलाई खुट्टा पखालेर कार्यक्रमको उद्घाटन गरेका समाजसेबी राम उदगार यादवले जानकारी दिनु भयो। १ गते कलस यात्रा २ गते अस्टजाम र ३ गते नेपाल भारतका चर्चित पहलमानहरुद्वारा कुस्ती र ४ गते करिब ५ सय बलिप्रदान हुने समाजसेवी बद्री यादवले जानकारी दिनु भयो। प्रमुख अतिथि पुर्ब शिक्षा मन्त्री चित्र लेखा यादवका अनुसार भक्तिमा सबैभन्दा शक्ति हुने भएकोले आफुले पनि उक्त धार्मिक स्थलमा भर्मन गर्न पाउँदा खुशी हुँदै मेला सफलताको सुभकामना दिनु भएको थियो।

प्रतिक्रिया दिनुहोस

भोटेकोशी बाढीपहिरो प ...

ओम प्रकाश यादव लहान भदौ २३ । भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपहिरोबाट भएको ठूलो मानवीय तथा जनधनको क ...

शान्ति पुनर्स्थापना ...

कपिलवस्तु, भाद्र २२ । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूप् ...

लहानमा गर्भवती तथा स ...

रहमुल, लहान, २२ भदौ । सिरहाको लहान नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलाको पोषण अवस्था सुधार ग ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१