समाद एफएम आजबाट १५ औं बर्षमा प्रवेश

  • माघ ४, २०७८
  • १३१३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, ४ माघ । सिरहा र सप्तरी जिल्लाको पहिलो सामुदायिक रेडियो समाद एफ एम १०२ .६ मेगाहर्ज आजबाट १४ बर्ष पुरा गरी १५ औं बर्षमा प्रवेश गरेको छ । ''हाम्रो रेडियो हाम्रो अवाज ,आवाज विहिनहरुको आवाज'' भन्ने मुलनारा सहित २०६४ माघ ४ गतेबाट लहान नगरपालिका वडा नम्बर - १ को कृष्णाटोलबाट प्रसारणमा आएका रेडियोले स्थानीय भाषा , धर्म, संस्कृत ,पहिचानलाई जगेर्ना गर्न महत्वपूर्ण भुमिका खेलेको छ । कृषि , शिक्षा , पर्यटन प्रवर्द्धनलाई संरक्षण सम्बर्द्धन गर्न का साथै विभिन्न कार्यक्रम र स्थानीय भाषाका समाचारलाई प्रमुख प्राथमिकतामा राखी प्रसारणको कार्यलाई तीब्रता दिंदै आईरहेको छ । प्रकृतिका साथीहरूद्धारा संचालित रेडियोले नेपाली, मैथिली, थारु , हिन्दी, भोजपुरी लगायतका भाषाको गीत संगीतको माधयमबाट स्रोतालाई मनोरंजन प्रदान गर्दै आईरहेको छ । रेडियोले थारु, नेपाली, मैथिली भाषामा म्यागजिन फोर्म्याटका कार्यक्रम उत्पादन गरी जनचेतना फैलाउने कार्यलाई निरंतरता दिदै आईरहेको स्टेशन म्यानेजर रामानन्द चौधरीले बताएका छन् । सय वाट क्षमता भएको रेडियोले नेपालको सिरहा, सप्तरी, उदयपुर, सिन्धुली, धनुषा र छिमेकि मुलुक भारतको बिहार राज्य लगायतका जिल्लाहरुमा सुन्ने गरेको गरेको छ । रेडियो अनलाईन मार्फत पनि देश विदेशमा रहेका अधिकांश नेपालीहरुको मन जित्न सफल भएको प्रशासन शाखा प्रमुख अनिल चौधरीले बताए ।

Open photo

प्रतिक्रिया दिनुहोस

लहानमा पुस्तकालय दिव ...

लहान, भदौ १६ । १८औँ पुस्तकालय दिवसको अवसरमा सिर्जना पुस्तकालय लहान–११ पडरियाद्वारा &ldquo ...

कालिकामाईका अधिकृत अ ...

रंजित चौरसिया,वीरगंज १६ भदौ । पर्सा जिल्लाको कालिकामाई गाउँपालिकामा बदनामी कमाएका प्रमुख प्रशासकीय अ ...

जसपा नेपाल द्वारा भु ...

लहान भदौ १६ । सिरहाकाे लहानमा जसपा नेपाल क्षेत्र नं.–१ समितिको आयोजनामा आइतबार दिउँसो बृहत् वि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१