Siraha Times
ताजा समाचार

समाद एफएम आजबाट १५ औं बर्षमा प्रवेश

  • माघ ४, २०७८
  • १६०९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, ४ माघ । सिरहा र सप्तरी जिल्लाको पहिलो सामुदायिक रेडियो समाद एफ एम १०२ .६ मेगाहर्ज आजबाट १४ बर्ष पुरा गरी १५ औं बर्षमा प्रवेश गरेको छ । ''हाम्रो रेडियो हाम्रो अवाज ,आवाज विहिनहरुको आवाज'' भन्ने मुलनारा सहित २०६४ माघ ४ गतेबाट लहान नगरपालिका वडा नम्बर - १ को कृष्णाटोलबाट प्रसारणमा आएका रेडियोले स्थानीय भाषा , धर्म, संस्कृत ,पहिचानलाई जगेर्ना गर्न महत्वपूर्ण भुमिका खेलेको छ । कृषि , शिक्षा , पर्यटन प्रवर्द्धनलाई संरक्षण सम्बर्द्धन गर्न का साथै विभिन्न कार्यक्रम र स्थानीय भाषाका समाचारलाई प्रमुख प्राथमिकतामा राखी प्रसारणको कार्यलाई तीब्रता दिंदै आईरहेको छ । प्रकृतिका साथीहरूद्धारा संचालित रेडियोले नेपाली, मैथिली, थारु , हिन्दी, भोजपुरी लगायतका भाषाको गीत संगीतको माधयमबाट स्रोतालाई मनोरंजन प्रदान गर्दै आईरहेको छ । रेडियोले थारु, नेपाली, मैथिली भाषामा म्यागजिन फोर्म्याटका कार्यक्रम उत्पादन गरी जनचेतना फैलाउने कार्यलाई निरंतरता दिदै आईरहेको स्टेशन म्यानेजर रामानन्द चौधरीले बताएका छन् । सय वाट क्षमता भएको रेडियोले नेपालको सिरहा, सप्तरी, उदयपुर, सिन्धुली, धनुषा र छिमेकि मुलुक भारतको बिहार राज्य लगायतका जिल्लाहरुमा सुन्ने गरेको गरेको छ । रेडियो अनलाईन मार्फत पनि देश विदेशमा रहेका अधिकांश नेपालीहरुको मन जित्न सफल भएको प्रशासन शाखा प्रमुख अनिल चौधरीले बताए ।

Open photo

प्रतिक्रिया दिनुहोस

भोटेकोशी बाढीपहिरो प ...

ओम प्रकाश यादव लहान भदौ २३ । भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपहिरोबाट भएको ठूलो मानवीय तथा जनधनको क ...

शान्ति पुनर्स्थापना ...

कपिलवस्तु, भाद्र २२ । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूप् ...

लहानमा गर्भवती तथा स ...

रहमुल, लहान, २२ भदौ । सिरहाको लहान नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलाको पोषण अवस्था सुधार ग ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१