मधेशमा भरदुतियासँगै गाउँगाउँमा हुर्राहुरी

  • कार्तिक २०, २०७८
  • ५१५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक । रेडियो सौगात लहान, २० कात्तिक । मधेशमा दीपावलीसँगै ‘भरदुतिया’ पर्व मनाउँने चलन छ । भाईबहिनीको स्नेह प्रेम प्रतिक पर्व तिहारको अन्तिम दिन भरदुतिया (भातृद्वितीया) मनाईन्छ । यसलाई पहाडमा भाईटिकाको रुपमा मनाइन्छ । सोहीक्रममा दोस्रो दिन हुराहुरी मनाउँने चलन रहेको छ । तेस्रो दिन भरदुतिया उल्लासपूर्वक मनाइदैछ । यस पर्वलाई भाइदुज, भरदुतिया, भातृद्वितीया, भाइटीकाका नामले मनाइदै आइएको छ । दिदीबहिनीले दाजुभाइको गलामा मखमली माला र निधारमा रातो टीका लगाइदिएपछि दाजुभाइले दिदीबहिनीलाई नगद, कपडा लगायतका उपहार प्रदान गर्ने परम्परा छ । यस दिन दाजुभाइ दिदीबहिनीको घरमा भार (मिठो पकवानसहितका सनेस) लिएर पुग्ने चलन छ । भरदुतियाका लागि दाजुभाईहरु टाढा रहेकी दिदी वहिनीहरुको घर सम्म पुग्ने गर्दछ । भरदुतीयामा दिदीबहिनीले घरआँगन लिपेर चोख्याउँछीन् । आँगनमा पिर्का राखेर त्यसमाथि अरिपन (माटो घोलेर बनाइने मैथिली चित्र) बनाएर सिन्दूरको थोपा लगाइन्छ । त्यसपछि दाजुभाइको अञ्जुलीमा पानको पात, सुपारी, फलफूल राखिदिन्छन् । अनि पानी चुहाउँदै परिक्रमा गर्छन् जसलाई न्यौत (निमन्त्रण दिनु) भनिन्छ । दिदीबहिनीले दाजुभाइको निधारमा सप्तरंगी टीका र माला लगाइ दिएर दीर्घायुको कामना गर्छन् । दाजुभाइले पनि दिदीबहिनीलाई गच्छे अनुसार रुपैयाँ, गरगहना, लुगा सनेस (उपहार) दिने चलन छ । शुक्रबार सिरहा ग्रामिण क्षेत्रमा हुराहुरी पर्व मनाइँएको छ । गौ संरक्षण गर्ने उद्देश्यले मनाइने हुराहुरीमा पशुद्वारा पशुपशुलाई नै हत्या गराइने चलन रहेको लहान १ का रामगणेश दासले बताए । गाउँको नजिकैको खेल मैदान वा चौरमा मनाइने हुराहुरीमा गाई, भैँसीले लखेटी लखेटी सुगरलाई मार्ने गर्छन् । गाई वा भैँसीले सुगर मारेपछि सुगरलाई मोक्ष प्राप्त हुने जनविश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस

लहानमा पुस्तकालय दिव ...

लहान, भदौ १६ । १८औँ पुस्तकालय दिवसको अवसरमा सिर्जना पुस्तकालय लहान–११ पडरियाद्वारा &ldquo ...

कालिकामाईका अधिकृत अ ...

रंजित चौरसिया,वीरगंज १६ भदौ । पर्सा जिल्लाको कालिकामाई गाउँपालिकामा बदनामी कमाएका प्रमुख प्रशासकीय अ ...

जसपा नेपाल द्वारा भु ...

लहान भदौ १६ । सिरहाकाे लहानमा जसपा नेपाल क्षेत्र नं.–१ समितिको आयोजनामा आइतबार दिउँसो बृहत् वि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१